Wednesday, May 1
Shadow

 मधेशले यसको प्रतिकार गर्नेछ ,मधेसी र थारुलाई पाखा लगाइयो : सिके राउत


  • -इ
  • इ+

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ ।

बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा , लोसपा , जनमत र नाउपा सबैलाई पाखा लगाउँदै ३शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ ।

सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । ‘चरम नश्लवादीहरूको झुण्ड  पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।  मधेशले यसको प्रतिकार गर्नेछ,’ उनको ट्वीटरमा  उल्लेख  छ ।

सुरुदेखि सरकार गठनमा सक्रिय रहेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई सरकारभन्दा बाहिर राखिएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले सुरुमै एकजना मन्त्री सरकारमा पठाइसकेको छ । सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो । तर अहिले खानेपानी मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमासमेत गएनन् ।  मन्त्रिमण्डल विस्तारसँगै सत्ता साझेदार दलले मधेसकेन्द्रीत दललाई महत्त्व नदिएको गुनासो हुन थालेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares