Thursday, April 25
Shadow

नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण


  • -इ
  • इ+

नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा ऊर्जा मन्त्रीमा राजेन्द्र लिङदेनले शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी र सुशीला श्रीपालीले संस्कृति पर्यटन राज्यमन्त्रीको शपथ लिएकी छन् ।

यस्तै नेकपा एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाएको छ । यसै गरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीको शपथ लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् ।

यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।

जनमत पार्टीका अब्दुल खानले पनि शपथ लिएका छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares