Friday, April 26
Shadow

प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो : नेतृ झाँक्री


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २०
सत्तारुढ नेकपाकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेकी छन् ।

प्रतिनिधि सभा विघटनपछि विभाजित भएको (कानुनी मान्यता पाउन बाँकी) नेकपाको प्रचण्ड–नेपाल समूहकी झाँक्रीले हास्यव्यंग्यले मुलुक नचल्ने भन्दै प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेकी हुन् ।

केही दिनयता भइरहेका भेला र सभामा प्रधानमन्त्री ओलीले हास्यव्यंग्यको शैली प्रचण्ड–नेपाल समूहका नेताहरुको टिकाटिप्पणी गरिहेका बेला झाँक्रीको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।

सोमबार चितवनको भरतपुरमा आयोजित नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हा । देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’

बाँचुन्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीले संसद विघटन गरेको आरोप लगाएकी उनले संसद विघटन जघन्य राजनीतिक अपराध भएको पनि बताइन् । यसबारे उनले भनिन्, ‘संसद विघटन जघन्य राजनीतिक अपराध हो । संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ ।’

उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओलीको सर्वसत्तावादविरुद्ध सडकमा उत्रन आह्वान गरेकी छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares