Thursday, April 25
Shadow

पत्नी सीताको उपचारका लागि दाहाल भारततर्फ


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २०
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि भारत गएका छन् । पत्नी सीता दाहालको उपचार भारतको मुम्बइ गर्ने तयारी भएको छ ।

उनी सोमबार बिहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गरेको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष दाहालले हिजो आइतबारको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए ।

सीता दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगवाट पीडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी छन् । उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो । यसअघिपनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares