Sunday, April 19
Shadow

राजनिती

ओलीले निरङ्कुश चरित्र देखाए :  नेता नेपाल, दिए  संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ओलीले निरङ्कुश चरित्र देखाए : नेता नेपाल, दिए संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका छन् । पार्टीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले आफैले संसद विघटन गर्ने आफै फुलफ्लेज प्रधानमन्त्री रहेको दाबी गरेर निरङ्कुश चरित्र देखाएको आरोप लगाएका हुन् । अब निरङ्कुश व्यवस्था सम्भव नभएको भन्दै नेता नेपालले संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी दिए । सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र काम गर्न दिइएन, हात खुट्टा बाधियो त्यसकारण अब देखाइदिन्छु भन्दै ओलीले न रहे बाँस न बजे बासुरी भने झै लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा बिघटन गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानका प्रावधानलाई क्षतविक्षत पारेर, संबिधानलाई कु गरेर निरंकुश चरित्र देखाएको आरोप लगाएका थिए ।अहिले सिंगो मुलुक...
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष २२ कैलालिको धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । प्रदेश न. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरेका छन् ।  ...
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २२ सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बुधबार (आज) सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेसी ताेकिएको छ । यसअघि यस इजसालले यही पुस १० गतेको सुनुवाइपछि अदालतले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायलाई आदेश दिएको थियो । प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिस्टारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश पनि जारी भएको थियो । अदालतको आदेशअनुसार पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत सबैको लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।...
सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछ : नेता नेपाल

सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछ : नेता नेपाल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा मंगलबार राजधानीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नदिएको जिकिर गरे । उनले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्नै सकेन भने वा कुनै प्रधानमन्त्रीलाई चयन गरेपछि विश्वासको मत लिन सकेन भने मात्रै विघटनको अधिकार स्वभावतः रहने तर कसैको इच्छाका भरमा विघटन गर्न नपाइने बताए । अध्यक्ष नेपालले गणतन्त्र, सङ्घीयता र समावेशितालाई जोगाउने कि नजोगाउने भन्ने प्रश्न खडा भएको जनाउँदै विगतमा झैँ अहिले पनि उपलब्धि रक्षाका लागि सबै एकजुट हुने बेला आएकामा जोड दिए । कार्यक्रमम...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जादै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जादै

मुख्य समाचार, राजनिती
  काठमाडौँ , पुस २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपाल(भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् । नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए । जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीचमा विदेशसचिव श्रींगलासहित भारत...
प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागे: उपप्रधानमन्त्री पोखरेल

प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागे: उपप्रधानमन्त्री पोखरेल

ब्यानर समाचार 2, राजनिती
काठमाडौं, पुस २१ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ओली समूहका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता विरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताए । उनले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे । उनले अझै पार्टी एकता जोगाउन सकिने औंल्याए । साथै उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपाल सरकार र पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाए । कार्यक्रममा पूर्वमन्त्री तथा सो समूहका स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न खोज्नेको भन्दै कडा आलोचना गरे ।...
अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच

अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच

राजनिती, समाचार, समाज
काठमाण्डौ, पुष २१ नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतिनिधि भएको टिप्पणी गरेका छन् । उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए । मंगलबार नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीसँगको छलफलमा उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीको हो ।उनले ओलिीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए । जनयुद्धका सबै मुद्दा सत्यनिरुपरन तथा मेलमिलाप आयोगले हेर्ने निर्णय भएको पनि उनले स्मरण गराए । भट्टराईले अहिलेको उपलब्धी जनयुद्ध र जनआन्दोलनकै कारणले भएको पनि उनले बताए।...
प्रनिधिसभा विघटन विरुद्ध आन्दोलनमा सक्रिय हुन तरुण दलकाे निर्देशन

प्रनिधिसभा विघटन विरुद्ध आन्दोलनमा सक्रिय हुन तरुण दलकाे निर्देशन

मुख्य समाचार, राजनिती
काठमाण्डौं, पुष २१ प्रनिधिसभा विघटन विरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन नेपाल दरुण दलले आवद्ध सम्पूर्ण जिल्ला समिति र सो अन्तर्गतका तहलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसको युवा संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेकाे परिपत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनअसंवैधानिक र अलोकतान्त्रिक कदम रहेको र त्यसविरुद्धका आन्दोलनमा सक्रिय सहभागी हुन तथा गराउन आग्रह गरिएको छ। प्रतिनिधिसभा विघटनसहित व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि तरुण दलका जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न–गराउन तरुण दल केन्द्रीय समितिले निर्देशन द...
दुवै नेकपाको जवाफ पर्खिंदै आयोग !

दुवै नेकपाको जवाफ पर्खिंदै आयोग !

ब्यानर समाचार, राजनिती
काठमाडौ , पुस २१। नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ। प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनअनुसार नै दुवै पक्षलाई पत्राचार गरिएको हो। दाहाल–नेपाल पक्षलाई ७ दिनभित्र जवाफ दिन भनिएको छ। ओली पक्षलाई भने म्याद तोकिएको छैन। आयोगले दाहाल–नेपाल पक्षलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ बमोजिम कारबाही गर्न सकिने जानकारी गराएको छ। ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको उल्लेख छ। विषयको गाम्भीर्यलाई दृष्टिगत गरी फरक–फरक पत्र पठाइएको आयोगले जनाएको छ। दाहाल–नेपाल पक्षले पुस ...
नेकपा स्थायी कमिटी बैठकः गर्यो यस्ता छन् निर्णय

नेकपा स्थायी कमिटी बैठकः गर्यो यस्ता छन् निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौं पुस २० । दाहाल–नेपाल’ समूह नेकपाको स्थायी कमिटी बैठक आज पनि बसेको छ । कमिटी बैठकले संसद् विघटन विरुद्धको केन्द्रीय संघर्ष समितिको सह-संयोजकमा नेताहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ । माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकताको काम सम्पन्न गर्ने गृहकार्यका लागि माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाएको छ । जसमा स्थायी कमिटी सदस्यहरु अष्टलक्षमी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वेदुराम भुसाल, भीम रावल, मातृका यादव, लिलामणि पोखरेल र शक्ति बस्नेत छन् । उक्त टोलीले जन संगठनका काम प्रभावकारी बनाउने विषयमा सुझाव दिने र त्यसलाई ७ दिनमा कार्यान्वयन गर्ने श्रेष्ठले जानकारी दिए । त्यस्तै नेकप...