Thursday, April 25
Shadow

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सर्वाेच्चले जारी गर्‍यो कारण देखाउ आदेश


  • -इ
  • इ+

काठमाण्डौँ, पुष २०
संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सोमवार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा भएको सुनुवाइपछि कारण देखाउ आदेश भएकाले सरकारले लिखित जवाफ पेस गर्नुपर्ने भएको छ । अदालतले अन्तरिम आदेश छलफलका लागि बोलाउने आदेश समेत गरेको रिट निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्रबहादुर ओलीले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओलीले संसद विघटनपछि कामचलाउ भइसकेको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्नु गैरकानूनी हुने भन्दै सर्वाेच्चमा छुट्टाछुट्टै निवेदन दिएका थिए ।

निवेदकले रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares