काठमाडौं , पुस २० । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा घोषित आन्दोलनका थप कदमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने भएको छ ।
काठमाडौँमा प्रदर्शनसहित विरोध प्रदर्शनसहित कार्यक्रमण गरेको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमण घोषणा गरेको छ ।आजको बैठकमा सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमलाई सशक्त र व्यवस्थित बनाउने विषयमा छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिए ।उनले पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल गरिने बताए ।
घोषित कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटीमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपालको अध्यक्षतामा पार्टी एकीकरणको बाँकी काम र जिम्मेवारी सम्बन्ध लगायतको विषयमा छलफलग गर्न कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दाहाल–नेपाल समूहले सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।