Saturday, April 17
Shadow

अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २३
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा चयन भएका छन्। वाणिज्य बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष चयन गरेको हो।

शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। शर्मालाई अधिकारीले बिहीबार सपथ गराएका हुन्। शर्मा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा वाणिज्य बैंक सञ्चालक समितिका सदस्य रहेका थिए।

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए। उनलाई अध्यक्ष बनाउने गरी सदस्य बनाइएको भएपनि चर्को आलोचना भएपछि रोकिएको थियो।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्