Thursday, April 25
Shadow

अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २३
वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका छन् ।

यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन् । जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए ।

यसअघि मृत्यु भएकी महिला सेन डिएगोकी बासिन्दा असिल बबित भएको बताइएको छ । उनी अमेरिकी एयर फोर्सकी भेटेरान थिइन् र प्रदर्शनकारीहरुसँगै संसद् भवनभित्र जबर्जस्ती घुस्न खोज्दा प्रहरीको गाली लागी उनको मृत्यु भएको बताइएको छ ।

सञ्चारमाध्यम फक्सफाइभले उनकी सासूसँग गरेको कुराकानीको आधारमा उनी डोनाल्ड ट्रम्पको ठूलो समर्थक भएको खुलेको छ । उनलाई अमेरिकी समयानुसार दिउँसो ३ बजे गोली लागेको र तत्कालै अस्पताल लगिएको तर पछि मृत घोषित गरिएको बताइएको छ । बीबीसी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares