Friday, April 26
Shadow

देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गर्नुभयो : मुख्यमन्त्री पोखरेल


  • -इ
  • इ+

काठमाडौं, पुस २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गरेको बताएका छन् । कपिलवस्तुमा निर्माण भएको क्षेत्रीय यातायात सडक (आरटिओ) रोडको आज विजयनगर गाउँपालिका–५ खडैचामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समूहका नेतालाई निर्वाचनमा लाग्न सुझाव दिए । मुख्यमन्त्री पोखरेलले हुलाकी मार्गले मधेशको विकासमा महत्वपूर्ण हुनेसमेत बताए ।

प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकाले यो सडक निर्माण पश्चात नागरिकको जीवनस्तर परिवर्तन हुने साथै प्रदेशको स्थायी राजधानीसँग जोडिएको कृष्णनगर भन्सारको स्तरोन्नति गरिने उनले बताए ।

मुख्यमन्त्री पोखरेलले कपिलवस्तुमा सिँचाइको लागि नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताए । सुकुम्वासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने उनले बताए ।

भौतिक पूर्वधार विकासमन्त्री बैजनाथ चौधरीले पहिलो वर्ष प्रदेश सरकारले सबै भन्दा ठूलो बजेट ‘आरटिओ’ सडकलाई विनियोजन गरेर काम सम्पन्न गरेको बताए । जिल्लाको पश्चिमी क्षेत्रमा तीन वटा जलाशाय निर्माण गरी सिँचाइको लागि वातावरण सिर्जना गर्ने प्रदेश सरकारको योजना शुरु भएको समेत उनको भनाइ थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares