Friday, April 24
Shadow

राजनिती

लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली

लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जिम्मेवारीका साथ लोकतन्त्र बचाउन राजनीतिक लडाई लडिरहेको बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सहि बाटोबाट कुबाटोमा लैजान नदिने राजनीतिक लडाई लडिरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफुहरु आवेग र उत्तेजित नभएको बताउदै पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउनेवाला नभएको र आफुहरु रातो झण्डा फहराउनेवालाहरु भएको बताए । आफ्नो गन्तव्यको बारेमा आफुहरु स्पष्ट रहेको बताउदै देशलाई विकासको बाटोमा लैजाने स्पष्ट बाटो अपनाएको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले प्रचण्ड(नेपाल पक्षसँग आफु बाझ्ने पक्षमा नरहेको भन्दै अहिले विश्व तिब्र गतिमा बढेको र त्यो गतिलाई भेटाएर देश विकासमा ध्यानकेन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भारतीय जीन्युजलाई दिएको अन्तर्वार...
भ्याक्सिन पाएपछि ओलीले दिए मोदीलाई धन्यवाद

भ्याक्सिन पाएपछि ओलीले दिए मोदीलाई धन्यवाद

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ ८ प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । नेपाललाई अनुदानको १० लाख डोज कोभिड–१९ भ्याक्सिन दिएको भन्दै ओलीले ट्वीटमार्फत मोदी र भारत सरकारलाई धन्यवाद दिएका हुन् । आज मात्रै भारतले नेपाललाई दिएको भ्याक्सिन नेपाल आइपुगेको छ । भारतले नेपालसहित छिमेकी अन्य देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको छ । कोरोना खोप प्रधानमन्त्री ओलीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरेका हुन् ।...
कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपील

कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपील

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ८ । नेपाली कांग्रेसले देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा आज प्रदर्शन गर्न लागेको हो । संसद विघटनको कदमलाई असंवैधानिक भनेको कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ । कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपील गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपील गरेका हुन् ।...
संसद विघटनविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापतिको अपिल

संसद विघटनविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापतिको अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ ७ संसद विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबारका लागि तय गरेको वडास्तरीय विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल गरेका छन् । बुधबार एक विज्ञप्ति निकालेर सभापति देउवाले भोलिको विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् । प्रतिनिधिसभा विघटनको विरोधमा भोलि देशभरका ६,७४३ वडाहरुमा कांग्रेसले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध कार्यक्रम घोषणा गरेको थियो । यसअघि कांग्रेसले पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ । देउवाले पार्टीका सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता जनाउन पनि अपिल गरेका हुन् ।...
आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार भयो : दाहाल

आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार भयो : दाहाल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ ७ नेपाल कम्युनिस्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधानमा संस्थागत भएको आदिवासी जनजातिको हक अधिकारमाथि निर्ममतापूर्वक प्रहार भएको बताएका छन् । उनले आदिवासी जनजाति महासंघ, नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै असंवैधानिक रुपमा संसद् विघटन गरेर आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार गरिएको बताएका हुन् । दाहालले यस संविधानमा आदिवासी जनजातिको अधिकार र पहिचानलाई अधिकतम समेटेको बताउँदै भने, ‘समावेशी र समानुपातिकतालाई सम्बोधन गर्न कोसिस गरिएको याे नै पहिलो संविधान हो । तर केपी ओलीले संविधानको मूल मर्ममाथि प्रहार गरेका छन् ।’ संविधानलाई अतिक्रमण गर्ने काम भएको उनको भनाइ छ । उनले संविधान र संघीय गणतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने बताए ।...
बाग्मती प्रदेश र प्रदेश १ मा आजदेखि हिउँदे अधिवेशन सुरु हुँदै

बाग्मती प्रदेश र प्रदेश १ मा आजदेखि हिउँदे अधिवेशन सुरु हुँदै

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, माघ ७ । प्रदेश १ र वाग्मती प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन आज बुधवारदेखि शुरु हुँदैछ । प्रदेश १ को प्रदेशसभा बैठक दिउँसो २ बजे र बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजे शुरु हुनेछ। वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । त्यसको परिणामस्वरुप नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री रहेको प्रदेश १ र वाग्मतीमा अविश्वाशको प्रस्ताव दर्ता गरेको छ । यद्यपी दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेका अविश्वासको प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेश नहुने भएका छन्। प्रदेशसभाको कार्यसूची तय गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्तावसम्बन्धी कार्यविधि निर्माण गरेर मात्रै अघि बढ्ने गरी निर्णय गरेको छ। बैठकले अविश्वास प्रस्तावबारेको मत व...
ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको माधवकुमार नेपालको जिकिर

ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको माधवकुमार नेपालको जिकिर

मुख्य समाचार, राजनिती
काठमाण्डौ, माघ ६ । गएको पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता सत्तारुढ नेकपा नै दुई समूहमा विभाजित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ भइरहेको छ । दुवै समुहले एकअर्का प्रति आरोप प्रत्यारोप लगाइरहेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताएका छन् । मङ्गलवार आफू निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने औंल्याए । अध्यक्ष नेपालले आफू प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिँदै ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको जिकिर गरे । एकीकरणपछि एमाले तथा ...
पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने,“प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।” अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विच...
पौडेललाई देउवाको प्रस्ताव : लचिलो भई दिनुस्, महाधिवेशन ढिला नगरौं

पौडेललाई देउवाको प्रस्ताव : लचिलो भई दिनुस्, महाधिवेशन ढिला नगरौं

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ६ । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । पौडेललाई भेट्न देउवा बोहराटार पुगेका थिए । भेटमा देउवाले पौडेललाई पार्टीभित्रका विवादका विषयमा लचिलो भई दिन आग्रह गरेका छन् । सोमबार अपरान्ह पौडेल निवास बोहराटार पुगेका देउवा र पौडेलका बीच करिब डेढ घण्टासम्म समसामयिक राजनीतिक सन्दर्भ र पार्टीको आन्तरिक राजनीतिक विषयहरुमा छलफल भएको थियो । त्यसक्रममा देउवाले पार्टीभित्रका आन्तरिक विवादका विषयमा सहमतिको प्रस्ताव गरेका हुन् । देउवाले पार्टीको १४ औं महाधिवेशन धेरै ढिला गर्न नहुने भन्दै विवाद समाधानका लागि लचिलो भई दिन आग्रह गरेका छन् । भेटमा पार्टीका क्रियाशील सदस्यमाथिको विवाद छानविन गर्ने समितिको संयोजक रमेश लेखकलाई बनाउन प्रस्ताव गरेका छन् । ‘समसामयिक राजनीतिक विषयहरुमा छलफल भयो, पार्टीको आन्तरिक...
उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : नेता  नेपाल

उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : नेता नेपाल

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सत्ता टिकाउने दाउमा मात्र लागिरहेको आरोप लगाएका छन । संसद विघटन गरेर चुनाव घोषणा गरेपनि चुनाव नहुने तर्क गर्दै उनले प्रधानमन्त्री ओलीले जसरी पनि सत्ता टिकाउन खोजेको आरोप लगाएका हुन् । सोमवार  राजधानीमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दुरुपयोग गरेको समेत अध्यक्ष नेपालले आरोप लगाए । अध्यक्ष नेपालले आफूहरुसँग स्पष्ट बहुमत भएको दाबी गर्दै सूर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरे । नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका ओलीको सूर्य अस्ताउँदो रहेको टिप्पणी गरे । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउँदो ...