Friday, April 26
Shadow

भ्याक्सिन पाएपछि ओलीले दिए मोदीलाई धन्यवाद


  • -इ
  • इ+

काठमाण्डौँ, माघ ८
प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । नेपाललाई अनुदानको १० लाख डोज कोभिड–१९ भ्याक्सिन दिएको भन्दै ओलीले ट्वीटमार्फत मोदी र भारत सरकारलाई धन्यवाद दिएका हुन् ।

आज मात्रै भारतले नेपाललाई दिएको भ्याक्सिन नेपाल आइपुगेको छ । भारतले नेपालसहित छिमेकी अन्य देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको छ । कोरोना खोप प्रधानमन्त्री ओलीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरेका हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares