Saturday, April 20
Shadow

उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : नेता नेपाल


  • -इ
  • इ+

काठमाडौँ, माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सत्ता टिकाउने दाउमा मात्र लागिरहेको आरोप लगाएका छन ।

संसद विघटन गरेर चुनाव घोषणा गरेपनि चुनाव नहुने तर्क गर्दै उनले प्रधानमन्त्री ओलीले जसरी पनि सत्ता टिकाउन खोजेको आरोप लगाएका हुन् ।

सोमवार  राजधानीमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दुरुपयोग गरेको समेत अध्यक्ष नेपालले आरोप लगाए ।

अध्यक्ष नेपालले आफूहरुसँग स्पष्ट बहुमत भएको दाबी गर्दै सूर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरे । नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका ओलीको सूर्य अस्ताउँदो रहेको टिप्पणी गरे ।

‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउँदो सूर्य चिन्ह त हाम्रो हो’, उनले भने । संसद विघटन असंवैधानिक कदम भएको भन्दै निर्णायक आन्दोलनको आवश्यकता भएको उनले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares