Friday, March 29
Shadow

पौडेललाई देउवाको प्रस्ताव : लचिलो भई दिनुस्, महाधिवेशन ढिला नगरौं


  • -इ
  • इ+

काठमाडौं, माघ ६ । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

पौडेललाई भेट्न देउवा बोहराटार पुगेका थिए । भेटमा देउवाले पौडेललाई पार्टीभित्रका विवादका विषयमा लचिलो भई दिन आग्रह गरेका छन् ।

सोमबार अपरान्ह पौडेल निवास बोहराटार पुगेका देउवा र पौडेलका बीच करिब डेढ घण्टासम्म समसामयिक राजनीतिक सन्दर्भ र पार्टीको आन्तरिक राजनीतिक विषयहरुमा छलफल भएको थियो ।

त्यसक्रममा देउवाले पार्टीभित्रका आन्तरिक विवादका विषयमा सहमतिको प्रस्ताव गरेका हुन् । देउवाले पार्टीको १४ औं महाधिवेशन धेरै ढिला गर्न नहुने भन्दै विवाद समाधानका लागि लचिलो भई दिन आग्रह गरेका छन् । भेटमा पार्टीका क्रियाशील सदस्यमाथिको विवाद छानविन गर्ने समितिको संयोजक रमेश लेखकलाई बनाउन प्रस्ताव गरेका छन् ।

‘समसामयिक राजनीतिक विषयहरुमा छलफल भयो, पार्टीको आन्तरिक विवादलाई टुंग्याएर महाधिवेशनको तयारीमा लाग्नुपर्ने विषयमा समेत छलफल भयो, तर ठोस् सहमति भएन,’ पौडेलको सचिवालयले भन्यो । नेपाल समाचारपत्र दैनिकबाट

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares