Thursday, April 25
Shadow

आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार भयो : दाहाल


  • -इ
  • इ+

काठमाण्डौँ, माघ ७
नेपाल कम्युनिस्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधानमा संस्थागत भएको आदिवासी जनजातिको हक अधिकारमाथि निर्ममतापूर्वक प्रहार भएको बताएका छन् । उनले आदिवासी जनजाति महासंघ, नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै असंवैधानिक रुपमा संसद् विघटन गरेर आदिवासी जनजातिको हक अधिकारमाथि प्रहार गरिएको बताएका हुन् ।

दाहालले यस संविधानमा आदिवासी जनजातिको अधिकार र पहिचानलाई अधिकतम समेटेको बताउँदै भने, ‘समावेशी र समानुपातिकतालाई सम्बोधन गर्न कोसिस गरिएको याे नै पहिलो संविधान हो । तर केपी ओलीले संविधानको मूल मर्ममाथि प्रहार गरेका छन् ।’

संविधानलाई अतिक्रमण गर्ने काम भएको उनको भनाइ छ । उनले संविधान र संघीय गणतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares