Friday, April 26
Shadow

ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको माधवकुमार नेपालको जिकिर


  • -इ
  • इ+

काठमाण्डौ, माघ ६ । गएको पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता सत्तारुढ नेकपा नै दुई समूहमा विभाजित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ भइरहेको छ । दुवै समुहले एकअर्का प्रति आरोप प्रत्यारोप लगाइरहेका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताएका छन् ।

मङ्गलवार आफू निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने औंल्याए ।

अध्यक्ष नेपालले आफू प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिँदै ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको जिकिर गरे । एकीकरणपछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दैउनले अब ती पार्टी नबिउँतिने बताए ।

अध्यक्ष नेपालले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, संविधानलगायतका राजनीतिक परिवर्तनहरु सङ्कटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares