Friday, April 24
Shadow

राजनिती

मन्त्रिपरिषद्को निर्णय :  पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन

मन्त्रिपरिषद्को निर्णय : पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २७ । सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले पहिलो चरणमा आगामी १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा र दोस्रो चरणमा २७ वैशाखमा प्रदेश १, बागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । सरकारको तर्फबाट निर्वाचनको सबै तयारी पूरा भइसकेको उनले बताए । अदालतले अन्तरिम आदेश नदिएको, सुरक्षा थ्रेट पनि नभएको जानकारी प्रधानमन्त्रीले आयोगमा गराएको पनि उनले बताए । निर्वाचन आयोगले पनि छिटो निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने बताएको उनको भनाइ छ ।...
निर्वाचनको तयारी तीब्र पार्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारी तीब्र पार्न प्रधानमन्त्रीको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २७ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी तीब्र पार्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । आयोगले निर्वाचनको तयारीका लागि गरिरहेको कामको जानकारी लिन आयोग पुगेका प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले अहिलेसम्म गरेको कामको जानकारी प्रधानमन्त्रीलाई गराएको बताउँदै थापाले आयोगको काम प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको बताए । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति तोकेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको छ ।...
बाबुराम भट्टराई भन्छन् -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलनबाट कोही नभागौ

बाबुराम भट्टराई भन्छन् -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलनबाट कोही नभागौ

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २७ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्‍जाल ट्‍विटरमा उनले लेखेका छन्, -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष हो है ! उनले हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सन आग्रह गरेका छन् । अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्, उनले लेखेका छन्।...
नेकपा विवादः निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

नेकपा विवादः निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २७ । पार्टीको आधिकारिकता दाबी गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका छन्  । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् । तर आज भने प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेका हुन् । छलफलका एजेण्डा तय नभएपनि निर्वाचन तयारीबारे बुझ्न प्रधानमन्त्री ११ बजे आयोग जाने नेता सुवासचन्द्र नेम्वाङले बताए । उनका अनुसार चुनावका कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराउनेछन् । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै समूहले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।...
प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ :  मन्त्री भट्ट

प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ : मन्त्री भट्ट

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन । प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश इञ्चार्ज भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिश गरेको बताए । उनले प्रश्न गर्दै भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन रु” उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद ...
प्रचण्ड-नेपाल समूहको बुधबार काठमाडौंमा शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

प्रचण्ड-नेपाल समूहको बुधबार काठमाडौंमा शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

ब्यानर समाचार, राजनिती
  काठमाडौं , माघ २६ । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड(नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले राजधानीको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिले पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ(प्रदेशका सांसदहरुलाई दिएको छ । त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, सबै केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुलाई दिएको छ । त्यस्तै माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुम...
प्रचण्डको टिप्पणी- संविधान कुल्चेर केपी ओली इतिहासमै कलंकित बने‌

प्रचण्डको टिप्पणी- संविधान कुल्चेर केपी ओली इतिहासमै कलंकित बने‌

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २६ । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप पनि लगाए । साथै प्रचण्डले आफू शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको र केपी ओलीको हार भएको समेत दाबी गरे । कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको दाबी गरे । उनले विचारका निम्ति पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।...
नेकपा विवाद हेर्न आयुक्त तोकियो, टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने

नेकपा विवाद हेर्न आयुक्त तोकियो, टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २६ । निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो । कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरुपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको हो । उनी केही दिनअघि मात्रै निर्वाचन आयुक्तमा नियुक्त भएका थिए । आयुक्तहरुको कार्यविभाजनसँगै नेकपाभित्रको विवादका विषयको निरुपणको प्रक्रिया समेत सुरु भएको आयोगले जनाएको छ । नेकपाको आधिकारिता विवादको टुंगोमा पुग्न आयोगमा प्राप्त सबै कागजात कानुनअनुसार भएको पाइए कम्तिमा ४५ दिन समय लाग्ने देखिन्छ । राजनीीतक दलसम्बन्धी ऐनले तोकेका सबै प्रक्रिया पूरा गर्दा आयोगलाई विवाद टुंगाउन समम लाग्ने देखिएको हो । दफा ४४ अनुसार एउटा पक्षबाट आधिकारिकताक...
कपिलवस्तुमा जसपाले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन

कपिलवस्तुमा जसपाले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
शहबाज खान/कपिलवस्तु कपिलवस्तुको कृष्णानगर नगरपालिका,शिवराज नगरपालिका‌ र विजयनगर गाउँपालिकामा जसपा द्वारा प्रधानमन्त्रीको बिरोध गर्दै पुतला दहन गरिएको छ। प्रधानमन्त्री के.पी.ओलीद्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टीद्वारा विरोधी तथा आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशनअनुसार आइतबारका दिन कपिलवस्तु को कृष्णानगर,शिवराज र विजयनगर गाउपालिका मा जनता समाजवादी पार्टी द्वारा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीको पुतलादहन गरीएको छ।सो कार्यक्रमम कृष्णनगर को मुटु गोलघर,शिवराज नगरपालिकाको चन्द्रौटा मुख्य चौक र विजयनगर गाउँपालिकामा को झुलनिया चौकमा प्रदर्शन भएको छ । जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप तिनटै प...
प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ १५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले २८ माघमा काठमाडौँमा प्रतिनिधि सभा विघटनको विरुद्ध प्रदर्शन गर्ने भएको छ । आइतबार सो समूहले नेकपाको आधिकारिक फेसबुक पेज मार्फत २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न सम्पूर्णलाई अपिल गरेको हो । केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन हुनेछ । नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन् । सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए । यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध स...