नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देश दुर्घटनातर्फ धकेलियो : अध्यक्ष थापा
भकाठमाडौं , माघ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले यो आन्दोलन विदेशीका दबाब र प्रभावमा परेका विदेशीको पैसाले आन्दोलन र चुनाव गर्नेले यसको नेतृत्व गर्न नसक्ने बताउँदै यसको ढिलो चाँडो राष्ट्रवादी पार्टी राप्रपाले नै गर्ने जिकिर गरे ।
नेकपाभित्रको विवादले सिङ्गो देश बन्धक भएको थापाले बताए । दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको भन्दै जनतालाई बेइमानी र धोका भएको उनको भनाइ छ ।
उनले भने, - ओली र प्रचण्डको नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देशलाई दुर्घटना तर्फ धकेलिरहेको छ । सत्तारुढ दलले आ...







