Friday, April 26
Shadow

प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने


  • -इ
  • इ+

काठमाण्डौँ, माघ १५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले २८ माघमा काठमाडौँमा प्रतिनिधि सभा विघटनको विरुद्ध प्रदर्शन गर्ने भएको छ । आइतबार सो समूहले नेकपाको आधिकारिक फेसबुक पेज मार्फत २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न सम्पूर्णलाई अपिल गरेको हो । केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन हुनेछ ।

नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन् ।

सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए ।

यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध सभाको आयोजन गर्न लागेको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares