Friday, April 24
Shadow

राजनिती

भागरथीलाई न्याय माग्दै  बालाजुमा ग्रामीण र एन आर क्याम्पसका नेविसंघका विद्यार्थी प्रदर्शनमा (फोटो फिचर)

भागरथीलाई न्याय माग्दै बालाजुमा ग्रामीण र एन आर क्याम्पसका नेविसंघका विद्यार्थी प्रदर्शनमा (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, राजनिती, समाचार, समाज
काठमाण्डौँ, माघ २९ बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले र विद्यार्थीलेविरोध प्रदर्शन गरेका छन्। सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए।नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए।कोण सभामा प्रमुख बक्ता नेबि सघका पुर्ब केन्द्रिय सदस्य शुशिल भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा,पबन थापा,सन्तोष गुरुङ ,स्वेच्छा उप्रेती ,लक्ष्मी सिलबाल,जिबन राना ,किरण भट्टराई ,सुबास घिमिरे ,प्रबिन गुरुङ ,स्थानीय नेपाली कांग्रेसका नेता मनोज राना लगायतले सम्बोधन गरेका थिए । कोण सभामा सम्बोधन गर्ने नेताहरूले 'बलात्कारीलाई कानुनी कारबाही गर्न , 'भा...
नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २९ । राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफँहरु नै नेकपाको आधिकारिक रहेको जिकिर गर्दै आयोगलाई प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका हुन् । नेकपाका प्रचण्ड र नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्ष नैै आधिकारिक रहेको बताउँदै आएको छ । माघ २० गते आफ्नो पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै नेकपाका प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेको थियो । उनीहरुले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफँहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै आएका छन् । आज ...
काँग्रेस नेता गोविन्दराज जोशीलाई कारवाही फिर्ताको सिफारिस

काँग्रेस नेता गोविन्दराज जोशीलाई कारवाही फिर्ताको सिफारिस

मुख्य समाचार, राजनिती
काठमाडौं, माघ २९ । नेपाली काँग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । निर्वाचनमा जोशीको उम्मेदवारी पौडेलको दावी विरोधपछि निर्वाचन आयोगले रद्द गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो । ुजोशीमाथि केन्द्रले गर...
केपी जी देख्नुभयो सभा कस्तो हुन्छ ? : प्रचण्ड

केपी जी देख्नुभयो सभा कस्तो हुन्छ ? : प्रचण्ड

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २८ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुँदोरहेछ देख्नुभयो भनेर प्रश्न गरेका छन् । काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफ दिँदै उनले भने, “केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?” प्रचण्डले आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको एसएमएस आएको पनि बताए । आजको सभालाई सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देखेको हुनुपर्ने उनले बताएका हुन् । “मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ । देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ । हिजो सानो समूहले विद्रोह गर्दा के भयो ? अब नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ । यत्रो जनताको आवाजलाई नसुन्ने ? सानो समूहको कुरा सुन्ने हुनसक्छ ?”...
केपी ओलीको अर्को चुनावमा जमानत जफत हुन्छ : झलनाथ

केपी ओलीको अर्को चुनावमा जमानत जफत हुन्छ : झलनाथ

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २८ नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहको अर्को चुनावमा जमानत जफत हुने बताएका छन्। प्रचण्ड समूहद्वारा भृकुटी मण्डपमा जारी प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्। भँगेराका साना खुट्टाले बाँस नुहाएको कथा सुनाउँदै उनले ओलीले लगाएको दुईतिहाइ बहुमतको गफको कुनै अर्थ नरहेको उनले बताए। 'मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्याएँ, अब तपाईंले दुईतिहाइ होइन, तपाईंको जमानत जफत हुनेछ', उनले भने, 'अब दुई वर्षपछिको चुनावमा देशभरका १६५ सिटहरुमै जमानत जफत हुँदैछ केपी ओलीको।' उनले अहिलेको आन्दोलन प्रचण्ड र माधवलाई प्रधानमन्त्री बनाउन नगरिएको बताए। 'केपी ओलीले ध्वस्त गरेको संविधानको रक्षाका लागि लडिरहेका छौँ', उनले भने, 'हामी संविधान र लोकतन्त्रलाई बचाउँछौँ।'...
नेकपा प्रचण्ड-माधव समुह नुवाकोटका नेता कार्यकर्ताले खचाखच बालाजु-ठमेल सडक (फोटो फिचर)

नेकपा प्रचण्ड-माधव समुह नुवाकोटका नेता कार्यकर्ताले खचाखच बालाजु-ठमेल सडक (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, राजनिती
काठमाण्डौँ, माघ २८ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले आज बृहत् प्रदर्शन गरेको छ । सोहि क्रममा नुवाकोट तथा रसुवाबाट उपस्थीति भएका प्रचण्ड माधव समुहका नेताकार्यकर्ता
अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश

अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाण्डौ , माघ २८ । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब अध्यादेशको बाटो रोज्ने अवस्था देखिएको छ । प्रधानमन्त्री ओलीले मंगलबार नै राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेका हुन् । निर्वाचन आयोगले दुवै समूहलाई आधिकारिता नदिएपछि प्रधानमन्त्री ओलीले अध्यादेशका विषयमा आन्तरिक छलफल अघि बढाएको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यादेश ल्याउने विषयमा नेकपा ओली समूहका नेताहरुले गृहकार्य गरिरहेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको तर नेकपाको आधिकारिता विवाद टुंग्याउन नसकेको अवस्थामा निर्वाचन आयोगले चुनाव गराउन आँट गर्ने देखिएको छैन । प्रतिनिधिसभा पुनस...
दाहाल–नेपाल समूहले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्दै, ५ ठाउबाट जुलुस निकाल्ने

दाहाल–नेपाल समूहले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्दै, ५ ठाउबाट जुलुस निकाल्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्प कमल दाहाल प्रचण्ड तथा माधब कुमार नेपाल ९दाहाल–नेपाल० समूहले बुधवार काठमाडौंमा बृहत् शक्ति प्रदर्शन गर्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले आज बृहत् प्रदर्शन र सभा हुने दावी गरेको छ । दाहाल–नेपाल समूहको आजको प्रदर्शनमा विभिन्न ५ ठाउँबाट जुलुस निस्कनेछ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ । दलहरुले लगातार मुख्य शहरमा प्रदर्शन गर्न थालेपछि व्यावसायी तथा सर्वसाधारणले भने सास्ती खेप्न थालेका छन् । हालै प्रधानमन्त्री केपी ओलीले पनि दरबारमार्गमा सभा गरेका थिए । प्रचण्ड, नेपाल समूहले आज रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागेपछि टुँडीखेल वरपर सबै क्षेत्रको...
ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी

ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमा नयाँ निर्वाचनको मिति तोकेसँगै दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । वैशाखमा चुनाव नहुने र ओलीले चुनाव गर्नका लागि संसद विघटन नगरेको समेत दाहाल-नेपाल समूहको आरोप छ । यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ नसच्चिए मुलुक गम्भीर राजनीतिक संकटमा फस्ने चेतावनी दिएका छन्। मंगलबार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यस्तो दिएका हुन ।उनीहरुले अहिलेको आन्दोलनका बारेमा चर्चा गर्दै यो लडाइँ व्यक्तिगत नभई संविधान र लोकतन्त्रको रक्षाका निम्ति भएको बताए । उनीहरुले संविधानको मर्म र भावनाअनुरूप संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले उचित निर्णय लिने विश्वास व...
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल सावित भएको बताएका छन् । राप्रपा काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिन्ह अनावरण, झण्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्धा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठुलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भन्दै व्यंग्य गरे । ०६२९०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताउँदै अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाईएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने थियो भन्दै अब हरेक नेपाली जनताको चेतनाको स्तरमा उच्च गतिमा विकास भएका कारण...