Saturday, May 18
Shadow

राजनिती

अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश

अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाण्डौ , माघ २८ । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब अध्यादेशको बाटो रोज्ने अवस्था देखिएको छ । प्रधानमन्त्री ओलीले मंगलबार नै राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेका हुन् । निर्वाचन आयोगले दुवै समूहलाई आधिकारिता नदिएपछि प्रधानमन्त्री ओलीले अध्यादेशका विषयमा आन्तरिक छलफल अघि बढाएको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यादेश ल्याउने विषयमा नेकपा ओली समूहका नेताहरुले गृहकार्य गरिरहेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको तर नेकपाको आधिकारिता विवाद टुंग्याउन नसकेको अवस्थामा निर्वाचन आयोगले चुनाव गराउन आँट गर्ने देखिएको छैन । प्रतिनिधिसभा पुनस...
दाहाल–नेपाल समूहले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्दै, ५ ठाउबाट जुलुस निकाल्ने

दाहाल–नेपाल समूहले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्दै, ५ ठाउबाट जुलुस निकाल्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्प कमल दाहाल प्रचण्ड तथा माधब कुमार नेपाल ९दाहाल–नेपाल० समूहले बुधवार काठमाडौंमा बृहत् शक्ति प्रदर्शन गर्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले आज बृहत् प्रदर्शन र सभा हुने दावी गरेको छ । दाहाल–नेपाल समूहको आजको प्रदर्शनमा विभिन्न ५ ठाउँबाट जुलुस निस्कनेछ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ । दलहरुले लगातार मुख्य शहरमा प्रदर्शन गर्न थालेपछि व्यावसायी तथा सर्वसाधारणले भने सास्ती खेप्न थालेका छन् । हालै प्रधानमन्त्री केपी ओलीले पनि दरबारमार्गमा सभा गरेका थिए । प्रचण्ड, नेपाल समूहले आज रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागेपछि टुँडीखेल वरपर सबै क्षेत्रको...
ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी

ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमा नयाँ निर्वाचनको मिति तोकेसँगै दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । वैशाखमा चुनाव नहुने र ओलीले चुनाव गर्नका लागि संसद विघटन नगरेको समेत दाहाल-नेपाल समूहको आरोप छ । यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ नसच्चिए मुलुक गम्भीर राजनीतिक संकटमा फस्ने चेतावनी दिएका छन्। मंगलबार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यस्तो दिएका हुन ।उनीहरुले अहिलेको आन्दोलनका बारेमा चर्चा गर्दै यो लडाइँ व्यक्तिगत नभई संविधान र लोकतन्त्रको रक्षाका निम्ति भएको बताए । उनीहरुले संविधानको मर्म र भावनाअनुरूप संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले उचित निर्णय लिने विश्वास व...
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल सावित भएको बताएका छन् । राप्रपा काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिन्ह अनावरण, झण्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्धा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठुलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भन्दै व्यंग्य गरे । ०६२९०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताउँदै अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाईएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने थियो भन्दै अब हरेक नेपाली जनताको चेतनाको स्तरमा उच्च गतिमा विकास भएका कारण...
मन्त्रिपरिषद्को निर्णय :  पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन

मन्त्रिपरिषद्को निर्णय : पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २७ । सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले पहिलो चरणमा आगामी १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा र दोस्रो चरणमा २७ वैशाखमा प्रदेश १, बागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । सरकारको तर्फबाट निर्वाचनको सबै तयारी पूरा भइसकेको उनले बताए । अदालतले अन्तरिम आदेश नदिएको, सुरक्षा थ्रेट पनि नभएको जानकारी प्रधानमन्त्रीले आयोगमा गराएको पनि उनले बताए । निर्वाचन आयोगले पनि छिटो निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने बताएको उनको भनाइ छ ।...
निर्वाचनको तयारी तीब्र पार्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारी तीब्र पार्न प्रधानमन्त्रीको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २७ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी तीब्र पार्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । आयोगले निर्वाचनको तयारीका लागि गरिरहेको कामको जानकारी लिन आयोग पुगेका प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले अहिलेसम्म गरेको कामको जानकारी प्रधानमन्त्रीलाई गराएको बताउँदै थापाले आयोगको काम प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको बताए । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति तोकेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको छ ।...
बाबुराम भट्टराई भन्छन् -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलनबाट कोही नभागौ

बाबुराम भट्टराई भन्छन् -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलनबाट कोही नभागौ

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २७ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्‍जाल ट्‍विटरमा उनले लेखेका छन्, -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष हो है ! उनले हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सन आग्रह गरेका छन् । अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्, उनले लेखेका छन्।...
नेकपा विवादः निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

नेकपा विवादः निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २७ । पार्टीको आधिकारिकता दाबी गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका छन्  । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् । तर आज भने प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेका हुन् । छलफलका एजेण्डा तय नभएपनि निर्वाचन तयारीबारे बुझ्न प्रधानमन्त्री ११ बजे आयोग जाने नेता सुवासचन्द्र नेम्वाङले बताए । उनका अनुसार चुनावका कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराउनेछन् । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै समूहले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।...
प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ :  मन्त्री भट्ट

प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ : मन्त्री भट्ट

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन । प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश इञ्चार्ज भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिश गरेको बताए । उनले प्रश्न गर्दै भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन रु” उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद ...
प्रचण्ड-नेपाल समूहको बुधबार काठमाडौंमा शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

प्रचण्ड-नेपाल समूहको बुधबार काठमाडौंमा शक्ति प्रदर्शन : ५ स्थानबाट जुलुस निकाल्ने तयारी

ब्यानर समाचार, राजनिती
  काठमाडौं , माघ २६ । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड(नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले राजधानीको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । संघर्ष समितिले पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ(प्रदेशका सांसदहरुलाई दिएको छ । त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, सबै केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुलाई दिएको छ । त्यस्तै माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुम...