Friday, April 26
Shadow

राजनिती

दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन २ । नेकपा दाहाल–नेपाल समूहले आइतबार चौथो चरणको आन्दोलन र संघर्षका कार्यक्रमहरुको घोषणा गरेको छ । समूहले फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने आइतबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले जानकारी दिए । यसैगरी समूहले फागुन ८ गते प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रमको घोषणा गरेको छ ।...
‘प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता’

‘प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलता’

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १ । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलता भएको बताएका छन । नेकपा क्रान्तिकारी माओवादी ३ नंं। प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार काठमााडौंमा आयोजना गरेको युवा मार्चपासको समापन कार्यक्रममा उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताएका हुन । उनले दुई तिहाई बहुमतको धाक देखाएका सरकार पूर्ण रुपमा अफल भएको तर्क गरे । दलहरुकै कारण जनयुद्धका आशिंक उपलब्धि नै गुम्ने खतरा भएको उनले तर्क गरे । कार्यक्रममा नेकपा ९क्रान्तिकारी माओवादी०का वरिष्ठ नेता सिपी गजुेरलले नेपालको संसदीय व्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे । प्रतिनिधिसभाको विघटनपछि दलहरुको व्यवहारका कारण जनताहरु नै अलमलमा परेको उनको भनाइ छ । त्यसअघि काठमाडौंको ...
विष्णु पौडेल भन्छन् – बैशाखको निर्वाचन कुनै पनि हालतमा रोकिंदैन

विष्णु पौडेल भन्छन् – बैशाखको निर्वाचन कुनै पनि हालतमा रोकिंदैन

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १ । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले बैशाखका लागि तोेकिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । उनले निर्वाचनलाई कुनै ताकतले रोक्न नसक्ने समेत दावी गरे । ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले आज ९शनिबार० बुटवलमा आयोजना गरेको जनसभामा महासचिव पौडेलले निर्वाचन बैशाख १७ र २७ गते नै हुने ठोकुवा गरे । ‘मानिसहरुमा चुनाव हुँदैन कि भन्ने भ्रम छ,’ उनले भने, ‘बैशाखको १७ गते चुनाव हुन्छ, बैशाखको २७ गते चुनाव हुन्छ, दुनियाँको कुनै ताकतले यो चुनावलाई रोक्न सक्दैन ।’ जनसभामा उनले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गरे । महासचिव पौडेलले पार्टीबाट केही स्वार्थी तत्वहरु किनारा लाग्दैमा पार्टीमा खासै फरक नपर्ने बताएका छन् । उनले पार्टीले निर्वाचनबाट बहुमत प्राप्त गर्ने र पुनः एक कार्यकाल केपी ओलीले सरकार...
निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन : प्रधानमन्त्री ओली

निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, फागुन १ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीले जनताको पीडामा आफ्नो आँशु खस्ने बताएका छन् ।बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले आफूहरुका कामले दाहाल–नेपाल समूह आत्तिएको, डराएको समेत बताए । प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले जनतालाई झुक्याउने, तर्साउने काम गरेको बताउँदै अब ति दिन सकिएको बताए । प्रधानमन्त्री ओलीले देश अनुचित अवस्थामा जाने, अलोकतान्त्रिक प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले तब बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताए । उनले देशलाई अस्थिरतातर्फ अदालतले नफर्काउने आफूले विश्वास लिएको बताए । साथै उनले निर्मला र भागरथी हत्याकाण्डका दोषीलाई पानीमुनि गए पनि नछाड्ने बताए । पीडितहरुको न्यायका लागि सरकार कटिबद्ध लागिपरेको उनको भनाइ थियो । प्रधानमन्त्री ओली भने ‘नि...
ओली समुहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओली समुहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्रीले सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १ । लुम्बिनी प्रदेशको बुटवलमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गर्दैछ । सत्तारुढ नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दैछन् । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुनेछ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए । पूर्व लुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन आउनेक्रम बिहानैदेखि सुरु भएको छ । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्‍याली निकालिने छ । त...
दाहाल-नेपाल समूहद्वारा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर

दाहाल-नेपाल समूहद्वारा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ३० । नेकपा दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भएको छ ।दाहाल–नेपाल पक्षले केन्द्रदेखि हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर गरेको छ । काठमाडौंको हकमा पार्टी कार्यालय पेरिसडाँडामा २६ औं ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरिएको छ ।पार्टी कार्यालयमा हुने कार्यक्रमलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने छन् । तत्कालीन माओवादी पार्टीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध शुरु गरेको सम्झनामा उनीहरुले हरेक वर्ष दिवस मनाउने गरेका छन् । तत्कालीन एमाले र माओवादी पार्टीबीच एकता भएपछि भने जनआन्दोलन र ‘जनयुद्ध’का शहीदको सम्मानमा भन्दै फागुन १ गते मनाइएको थियो ।  ...
भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ३० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् । विज्ञप्तीमा बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई काँग्रेसले दुःखद र गम्भीर रूपमा लिएको उल्लेख छ । काँग्रेसले अनुसन्धान तिब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसँग माग गरेको छ । विज्ञप्ति : अनुसन्धान तिब्र बनाउ । दोषी अविलम्ब पक्राउ गर । बलात्कार र हत्याका हरेक घटनाम...
कमल थापा भन्छन -नेकपाको झगडा पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै

कमल थापा भन्छन -नेकपाको झगडा पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै

मुख्य समाचार, राजनिती
काठमाडौं, माघ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तका लागि नभई पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै भएको बताएका छन् । उनले आज मकवानपुरको पश्चिमी भेगमा पर्ने मनहरी गाउँपालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देश निर्माणका विषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिका निमित्त झगडा गरेर मुलुकलाई अँध्यारो सुरुङमा फसाइएकामा चिन्ता व्यक्त गरे । नेकपा र नेपाली काँग्रेसको शासकीय असफलताले मुलुक यो अवस्थामा आइपुगेको जनाउँदै अध्यक्ष थापाले राजसंस्था हटाइएपछि अब प्रजातन्त्रका लागि कहिले आन्दोलन गर्नु पर्दैन भन्ने भनाइ हाँस्यास्पद भएको जिकिर गरे । उनले राष्ट्रको सार्वभौमता र संसदीय प्रजातन्त्रको सुदृढीकरणका लागि सबै दलले आफ्नो स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा पनि जोड दिए ।...
जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन :  सभापति देउवा

जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन : सभापति देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ।’ सभापति देउवाले कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने बताए । आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।’ फरक प्रसङ्गमा उनले कांग्रेसले आफ्नो विधानमा महिला, आदिवासीरजनजाति, दलित,...
घरबाटै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ

घरबाटै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २९ नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा झाक्रीलाई उनकै निवास शंखमुलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न शंखमुल घरमै पुगेर पक्राउ गरेको हो । सोधपुछका लागि बोलाए पनि उपस्थित नभएपछि घरमै प्रहरी पुगेको हो । झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्‍न उठाएकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे !' उनले भनेकी थिइन् । प्रहरीले भर्खरै पक्राउ पुर्जी लिएर झाँक्रीको घरमा पुगेको छ । पक्राउ पुर...