Tuesday, April 23
Shadow

ओली सरकारको पतन अव धेरै टाढा छैन : गगन थापा


  • -इ
  • इ+

काठमाडौँ , फागुन ५ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले बैतडीमा काँग्रेस सभामा भएको नेकपा ओली पक्षको आक्रमणको निन्दा गरेका छन् ।

नेता थापाले हिंसा कायरहरूको हतियार हो भन्दै निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै थापाले वैधता र वैधानिकता दुवै गुमाएको केपी शर्मा ओली सरकारको पतन अब धेरै टाढा नभएको बताएका छन् ।

उनले भनेका छन् – बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ । हिंसा कायरहरूको हतियार हो । निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो । वैधता र वैधानिकता दुवै गुमाएको केपी शर्मा ओली सरकारको पतन अव धेरै टाढा छैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares