Sunday, May 5
Shadow

राजनिती

भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

भागरथीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ३० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् । विज्ञप्तीमा बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई काँग्रेसले दुःखद र गम्भीर रूपमा लिएको उल्लेख छ । काँग्रेसले अनुसन्धान तिब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसँग माग गरेको छ । विज्ञप्ति : अनुसन्धान तिब्र बनाउ । दोषी अविलम्ब पक्राउ गर । बलात्कार र हत्याका हरेक घटनाम...
कमल थापा भन्छन -नेकपाको झगडा पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै

कमल थापा भन्छन -नेकपाको झगडा पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै

मुख्य समाचार, राजनिती
काठमाडौं, माघ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तका लागि नभई पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै भएको बताएका छन् । उनले आज मकवानपुरको पश्चिमी भेगमा पर्ने मनहरी गाउँपालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देश निर्माणका विषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिका निमित्त झगडा गरेर मुलुकलाई अँध्यारो सुरुङमा फसाइएकामा चिन्ता व्यक्त गरे । नेकपा र नेपाली काँग्रेसको शासकीय असफलताले मुलुक यो अवस्थामा आइपुगेको जनाउँदै अध्यक्ष थापाले राजसंस्था हटाइएपछि अब प्रजातन्त्रका लागि कहिले आन्दोलन गर्नु पर्दैन भन्ने भनाइ हाँस्यास्पद भएको जिकिर गरे । उनले राष्ट्रको सार्वभौमता र संसदीय प्रजातन्त्रको सुदृढीकरणका लागि सबै दलले आफ्नो स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा पनि जोड दिए ।...
जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन :  सभापति देउवा

जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन : सभापति देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ।’ सभापति देउवाले कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने बताए । आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।’ फरक प्रसङ्गमा उनले कांग्रेसले आफ्नो विधानमा महिला, आदिवासीरजनजाति, दलित,...
घरबाटै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ

घरबाटै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २९ नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा झाक्रीलाई उनकै निवास शंखमुलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न शंखमुल घरमै पुगेर पक्राउ गरेको हो । सोधपुछका लागि बोलाए पनि उपस्थित नभएपछि घरमै प्रहरी पुगेको हो । झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्‍न उठाएकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे !' उनले भनेकी थिइन् । प्रहरीले भर्खरै पक्राउ पुर्जी लिएर झाँक्रीको घरमा पुगेको छ । पक्राउ पुर...
भागरथीलाई न्याय माग्दै  बालाजुमा ग्रामीण र एन आर क्याम्पसका नेविसंघका विद्यार्थी प्रदर्शनमा (फोटो फिचर)

भागरथीलाई न्याय माग्दै बालाजुमा ग्रामीण र एन आर क्याम्पसका नेविसंघका विद्यार्थी प्रदर्शनमा (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, राजनिती, समाचार, समाज
काठमाण्डौँ, माघ २९ बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले र विद्यार्थीलेविरोध प्रदर्शन गरेका छन्। सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए।नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए।कोण सभामा प्रमुख बक्ता नेबि सघका पुर्ब केन्द्रिय सदस्य शुशिल भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा,पबन थापा,सन्तोष गुरुङ ,स्वेच्छा उप्रेती ,लक्ष्मी सिलबाल,जिबन राना ,किरण भट्टराई ,सुबास घिमिरे ,प्रबिन गुरुङ ,स्थानीय नेपाली कांग्रेसका नेता मनोज राना लगायतले सम्बोधन गरेका थिए । कोण सभामा सम्बोधन गर्ने नेताहरूले 'बलात्कारीलाई कानुनी कारबाही गर्न , 'भा...
नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २९ । राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफँहरु नै नेकपाको आधिकारिक रहेको जिकिर गर्दै आयोगलाई प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका हुन् । नेकपाका प्रचण्ड र नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्ष नैै आधिकारिक रहेको बताउँदै आएको छ । माघ २० गते आफ्नो पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै नेकपाका प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेको थियो । उनीहरुले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफँहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै आएका छन् । आज ...
काँग्रेस नेता गोविन्दराज जोशीलाई कारवाही फिर्ताको सिफारिस

काँग्रेस नेता गोविन्दराज जोशीलाई कारवाही फिर्ताको सिफारिस

मुख्य समाचार, राजनिती
काठमाडौं, माघ २९ । नेपाली काँग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । निर्वाचनमा जोशीको उम्मेदवारी पौडेलको दावी विरोधपछि निर्वाचन आयोगले रद्द गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो । ुजोशीमाथि केन्द्रले गर...
केपी जी देख्नुभयो सभा कस्तो हुन्छ ? : प्रचण्ड

केपी जी देख्नुभयो सभा कस्तो हुन्छ ? : प्रचण्ड

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २८ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुँदोरहेछ देख्नुभयो भनेर प्रश्न गरेका छन् । काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफ दिँदै उनले भने, “केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?” प्रचण्डले आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको एसएमएस आएको पनि बताए । आजको सभालाई सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देखेको हुनुपर्ने उनले बताएका हुन् । “मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ । देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ । हिजो सानो समूहले विद्रोह गर्दा के भयो ? अब नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ । यत्रो जनताको आवाजलाई नसुन्ने ? सानो समूहको कुरा सुन्ने हुनसक्छ ?”...
केपी ओलीको अर्को चुनावमा जमानत जफत हुन्छ : झलनाथ

केपी ओलीको अर्को चुनावमा जमानत जफत हुन्छ : झलनाथ

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २८ नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहको अर्को चुनावमा जमानत जफत हुने बताएका छन्। प्रचण्ड समूहद्वारा भृकुटी मण्डपमा जारी प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्। भँगेराका साना खुट्टाले बाँस नुहाएको कथा सुनाउँदै उनले ओलीले लगाएको दुईतिहाइ बहुमतको गफको कुनै अर्थ नरहेको उनले बताए। 'मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्याएँ, अब तपाईंले दुईतिहाइ होइन, तपाईंको जमानत जफत हुनेछ', उनले भने, 'अब दुई वर्षपछिको चुनावमा देशभरका १६५ सिटहरुमै जमानत जफत हुँदैछ केपी ओलीको।' उनले अहिलेको आन्दोलन प्रचण्ड र माधवलाई प्रधानमन्त्री बनाउन नगरिएको बताए। 'केपी ओलीले ध्वस्त गरेको संविधानको रक्षाका लागि लडिरहेका छौँ', उनले भने, 'हामी संविधान र लोकतन्त्रलाई बचाउँछौँ।'...
नेकपा प्रचण्ड-माधव समुह नुवाकोटका नेता कार्यकर्ताले खचाखच बालाजु-ठमेल सडक (फोटो फिचर)

नेकपा प्रचण्ड-माधव समुह नुवाकोटका नेता कार्यकर्ताले खचाखच बालाजु-ठमेल सडक (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, राजनिती
काठमाण्डौँ, माघ २८ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले आज बृहत् प्रदर्शन गरेको छ । सोहि क्रममा नुवाकोट तथा रसुवाबाट उपस्थीति भएका प्रचण्ड माधव समुहका नेताकार्यकर्ता