Thursday, April 23
Shadow

राजनिती

काठमाडौं क्षेत्र नं ५ मा राप्रपा युवा मोर्चाका संयोजक सुरज पाण्डे ‘कालो बाहुन’ को चर्चा

काठमाडौं क्षेत्र नं ५ मा राप्रपा युवा मोर्चाका संयोजक सुरज पाण्डे ‘कालो बाहुन’ को चर्चा

राजनिती
काठमाडौं- आगामी मंसिर ४ गतेको लागि संघ र प्रदेशको निर्वाच​न मिति घोष​णा भए संगै काठ​माण्डौं क्षेत्र​ नं ​ ५ मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को उम्मेद​वारीलाई लिएर स्थानिय​ स्त​र​मा च​र्चा प​रिच​र्चा शुरु भएको छ​ । उम्मेदवारीको लागि राप्रपा केन्द्रिय सदस्य केश​व रेग्मि,पुर्व केन्द्रिय सदस्य तथा म​हाधिवेश​न प्र​तिनिधि रामेश्व​र पौडेल, क्षेत्रिय​ अध्य​क्ष​ न​बिन खड्का त​था रास्ट्रिय​ युवा मोर्चा केन्द्रिय​ संयोजक सुर​ज कुमार पाण्डे उम्मेदवारको रुप​मा च​र्चा शुरु भ​एको छ​ । कालो बाहुन को उप​नाम ले चिनिने सुर​ज कुमार पाण्डेको च​र्चा त​था बिग​त​मा स्थानिय​ निर्वाच​न मा टोखा न​ग​रपालिकाका उप​ मेय​र उम्मेद​वार पुर्व केन्द्रिय सदस्य भएकाले पनि उनको नाम अग्र​पं​क्ति मा रहेको पाईन्छ । इमान्दार ल​गनशिल, कर्म​ठ झुझारु युवाको रुपमा चिर​प​रिचित सुर​ज पान्डेले उम्मेद​वारीमा दाबि ...
काठमाडौ क्षेत्र नं ६ को प्राकृतिक उम्मेदवार म नै हो, अन्ततोगत्वा भिमसेन सरको रोजाइ पनि म नै हो

काठमाडौ क्षेत्र नं ६ को प्राकृतिक उम्मेदवार म नै हो, अन्ततोगत्वा भिमसेन सरको रोजाइ पनि म नै हो

ब्यानर समाचार, राजनिती
काठमाडौ- सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोके देखि कार्यकर्ता र नेतामा उत्सुकता छाउनु, चुनावमा आफ्नो उम्मेदवारी घोषणा गर्नु र टिकटको लागि प्राकृतिक उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्नु आम प्रक्रिया हो। यसै प्रक्रियामा काठमाडौं क्षेत्र नं ६ मा काठमाडौं जिल्ला सभापति सवुजकृष्ण बानियाँले पनि यस क्षेत्रमा आफ्नो उम्मेदवारी हुने विषयमा कार्यकर्तालाई सतप्रतिशत विश्वास गर्न अनुरोध गरेका छन् । ईन्टरभ्यु नेपाल संगको कुराकानीमा सभापति बानियाँले भन्नुभयो, यस भन्दा अगाडि २०७४ को निर्वाचनमा पनि आफुले उच्चतम प्रयासमा टिकट मागेको तर पार्टीले टिकट भीमसेन दास प्रधानलाई दिएपछि आफूले पार्टी नीति अनुसार नेपाली काँग्रेसलाई जिताएको थिएँ। भीमसेन जी ले २०७४ मा मलाइ भन्नु भएको थियो, २०७९ मा तपाई नै उठ्ने हो, म उठ्ने होइन भनेर पार्टीमा र अन्य ठाउँमा उद्घोष गर्नु भएकोले पनि...
ताइवान विवाद र युक्रेन युद्धमा वाइडेन अपरिपक्क : पोख्रेल

ताइवान विवाद र युक्रेन युद्धमा वाइडेन अपरिपक्क : पोख्रेल

अन्तर्राष्ट्रिय, राजनिती, विचार
हालको ताइवान विवाद र युक्रेन काण्डमा डोनाल्ड ट्रम्प वा उनको पार्टीे धेरै परिपक्क देखिए । १. विदेश मामला (विदेश नीति) को सवालमा डोनाल्ड ट्रम्प वा उनको पार्टी वा सरकार बढी परिपक्क र जिम्मेबार रहेछ, हालको जोन वाईडेन् वा उनको पार्टीे वा सरकार भन्दा। २. हालको ताइवान विवादमा पनि ट्रम्पले पोलोसीको भ्रमणलाई विकृत दिमागको उपज भनेका छन। युक्रेन काण्डलाई लिएर विश्व अमेरिकातिर हेरेर हासिरहेको छ समेत भनेका थिए। ३. स्मरणीय कुरा के छ भने, जोन बाईडेन्को पार्टी सरकारमा छँदा विश्वका धेरै मुलुकहरूमा आक्रमण गरेको छ, डोनाल्ड ट्रम्पको पार्टीको सरकाले भन्दा । ४. ट्रम्पले आफू राष्ट्रपति हुँदा घरेलु थुप्रै मुद्दाहरूमा विवादस्पद निर्यण वा राय, विचार, घरणा वा मनसाय राखेर आफूलाई केहीहदसम्म अलोकप्रिय बनाए होलान, त्यो अमेरिकन जनताको मुख्य सरोकारको विषय हो। ५. तर विश्वव्यापी रूपमा उनी वा उनको पा...
‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान

ब्यानर समाचार, राजनिती
काठमाडौं-  काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्व मन्त्री भीमसेन दास प्रधान चौथो पटक चुनाव लड्ने तयारीमा छन । यस अघि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन । २०७४ सालको आम निर्वाचनमा कांग्रेसले देश भरवाट जम्मा २३ सिट प्रत्यक्ष चुनाव जित्दा प्रधानले पनि जितेका थिए । उनले चुनाव मात्र जितेनन,पार्टीले उनलाई रक्षा मन्त्री समेत बनायो । आफ्नो क्षेत्रका जनता संग नियमित प्रत्यक्ष भेटघाट, सुख दु:खका सारथि, सामान्य जीवन शैली र सरल स्वाभावका कारण पनि उनि आफ्नो क्षेत्रमा लोकप्रिय छन् । लामो समय प्राध्यापक रहेका प्रधान प्राज्ञिक क्षेत्रवाट कांग्रेसको राजनितिमा प्रवेश गरेका हुन् । लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रधान सधै अग्रभागमा रहिरहे । प्राध्यापक संघको सभापति समेत भइसकेका प्रधानसंग पेशागत नेतृत्वको समेत अनुभव छ । जय नेपाल शब्दलाई पार्टी भित्र...
निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

ब्यानर समाचार, राजनिती
काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत  गरेको हो । कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ भने मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ । आयोग स्रोतका अनुसार उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेख...
काठमाडौं क्षेत्र नं ९ मा राप्रपाबाट राम कुमार रिजालले गरे उम्मेदवारी घोषणा

काठमाडौं क्षेत्र नं ९ मा राप्रपाबाट राम कुमार रिजालले गरे उम्मेदवारी घोषणा

राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते एकै साथ प्रदेश र संघको निर्वाचन हुने भए संगै विभिन्न क्षेत्रबाट उम्मेदवारी घोषणा हुन थालेको छ । सोहि क्रममा काठमाडौं क्षेत्र नं ९ मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को तर्फबाट राम कुमार रिजालले आफ्नो उम्मेदवारीता घोषणा गरेका छन् । शनिवार आयोजित पार्टीको सक्रिय सदस्य सचेतना कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन । रिजाल राप्रपाको पूर्व केन्द्रिय सदस्य पनि हुन् । रिजाल लामो समय देखि निरन्तर राप्रपामा सक्रियताको साथ राजनीति गरिरहेका छन् ।...
अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

ब्यानर समाचार, राजनिती, विचार
चीनसँग निहुखोज्न अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । अब यही पारा रहिरह्यो भने अमेरिका यो संसारबाट नै अलप हुनसक्छ । किनकि चीन अहिले संसारमा धेरै शक्तिशाली छ । अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन्। चीनसँग निहुखोज्न ताइवान अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । सन् १९५० देखि नैं ताइवान चीनको अभिन्न अंगको रुपमा एकचीन नीतिभित्रको राज्य हो भन्ने कुरा अमेरिकाले वास्ता नगरेर ताइवानलाई एक स्वतन्त्र राष्ट्र्रका रुपमा मान्दै ताइवानलाई आगोको भूंग्रामा हाल्न खोजेको छ । चीनको विकास, निर्माण र अमेरिका लगायत संसारका कैयौं राष्ट्र्रहरुमा आफ्ना दैनिक उपभोगका सामाग्रीहरु सस्तोमा बिक्री भइरहेकाले अमेरिका चीनसँग आक्रोशित छ । अहिले अमेरिकामा चीनका अनेकौं सामाग्रीहरुले ठूलो प्रभाव जमाएको छ । लगभग ८० प्रतिशत अमेरिकी उद्योगहरु बन्द...
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

ब्यानर समाचार, राजनिती
काठमाडौं- आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ । दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूच...
काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) मा राप्रपाबाट कार्कीले गरे उम्मेदवारी घोषणा

काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) मा राप्रपाबाट कार्कीले गरे उम्मेदवारी घोषणा

राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते एकै साथ प्रदेश र संघको निर्वाचन हुने भए संगै विभिन्न क्षेत्रबाट उम्मेदवारी घोषणा हुन थालेको छ । सोहि क्रममा काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को तर्फबाट दिलिप कुमार कार्कीले आफ्नो उम्मेदवारीता घोषणा गरेका छन् । शनिवार आयोजित सक्रिय सदस्य सचेतना कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन । कार्की सोहि क्षेत्रका अध्यक्ष समेत हुन् । पार्टीमा लामो समय देखि सक्रिय रुपमा काम गरिरहेका कार्की युवा नेताका रुपमा चर्चित छन् । हक्की स्वभाव, निडरता र प्रष्ट वक्ता भएकै कारण उनी युवा माझ लोकप्रिय रहेका छन् । देशभर युवाको लहर चलिरहेको र राजनीतिमा युवा वर्गको माग भई रहेको समयमा आफूले उम्मेदवारी दिने निर्णय गरेको कार्कीले बताए । उनी निरन्तर पार्टी भित्र निष्क्रीय रहेकालाई सक्रिय बनाउने र पार्टीमा युवा वर्गलाई समेट्ने अभियानमा लागि र...
दरबारको कारण नै गणतन्त्रको स्थापना : गौरी प्रसाद दवाडी

दरबारको कारण नै गणतन्त्रको स्थापना : गौरी प्रसाद दवाडी

ब्यानर समाचार, राजनिती, विचार
गौरी प्रसाद दवाडी नेपाल बिश्वले राजतन्त्रात्मक देश भनेर मानचित्रमा अङ्कित देश हाे र थियाे। कसले ल्यायाे गणतन्त्र ! याे जटिल प्रस्नकाे जबाफ सहज छैन । कमजाेर राजा, बिलासी र शत्ताभाेगी महारानी हरुकाे दरबारिया चलखेल शत्ता प्रप्तिका लागिमात्र नभएर भारदार मुख्तियारीहरुसङ्गकाे सहबासका लागि शक्ति सञ्चयका कारणले राणा शासन स्थपित भएकाे ईतिहास लेख्न नेपालका ईतिहासकारकाे हात कामेर हाे या ईतिहास बलियाकाे हतियार भन्ने भनाइ काे कारण हाे याे पठकले छुट्यउने बिषय हाे। सत्यकुरा के हाे भने राणाशासनले नै नेपालकाे राजतन्त्र खाई सकेकाे हाे । राणाकाे पतन पछि राणाले राजालाई खाेपामा राखेर राजगरेकाे भनेर लेखिएकाे ईतिहास त कुनै राजशाही वा समर्थकबाट खण्डन भएन ।१०४ बर्ष राणा शासनै चलेकाे हाे पृथ्बीनारायणका शाहका सन्तान खानकी खाएर बसेकाे तथ्यले राजा हटेका भनिएन यसमा राणाहरुकाे डर थियाे ।२००७ सालकाे प्रजातन्त्र बहाली...