Thursday, April 25
Shadow

अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई


  • -इ
  • इ+


चीनसँग निहुखोज्न अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । अब यही पारा रहिरह्यो भने अमेरिका यो संसारबाट नै अलप हुनसक्छ । किनकि चीन अहिले संसारमा धेरै शक्तिशाली छ ।

अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन्। चीनसँग निहुखोज्न ताइवान अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । सन् १९५० देखि नैं ताइवान चीनको अभिन्न अंगको रुपमा एकचीन नीतिभित्रको राज्य हो भन्ने कुरा अमेरिकाले वास्ता नगरेर ताइवानलाई एक स्वतन्त्र राष्ट्र्रका रुपमा मान्दै ताइवानलाई आगोको भूंग्रामा हाल्न खोजेको छ ।

चीनको विकास, निर्माण र अमेरिका लगायत संसारका कैयौं राष्ट्र्रहरुमा आफ्ना दैनिक उपभोगका सामाग्रीहरु सस्तोमा बिक्री भइरहेकाले अमेरिका चीनसँग आक्रोशित छ । अहिले अमेरिकामा चीनका अनेकौं सामाग्रीहरुले ठूलो प्रभाव जमाएको छ । लगभग ८० प्रतिशत अमेरिकी उद्योगहरु बन्द भइससकेका छन् । हरेक अमेरिकीहरुलाई चीनका उत्पादीत सामाग्रीहरुलाई ठूलो प्रभाव पारेको हुँदा अमेरिका चीनको बढ्दो प्रगति देखेर चीनसँग अनेकौं बाहना झिकेर अमेरिका निहु खोजिरहेको छ । अहिले अमेरिका हतियार लिएर अनेकौं राष्ट्र्रहरु विखण्डन गराउन बाहिर निस्केको छ । चीन आफ्ना उत्पादनले अमेरिकामा आफ्नो प्रभाव जमाई रहेको छ ।

अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन्। ताइवान पुगेलगत्तै अमेरिका र चीनबीचको तनाव झन् बढेको छ। चीनसँग निहुखोज्न उनी ताइवान पुगेकी हुन्। २५ वर्षपछि अमेरिकाको उच्च श्रेणीको निर्वाचित अधिकारी ताइवान पुगेकी हुन्। अमेरिकी कांग्रेस प्रतिनिधिमण्डल ताइवान पुग्नुलाई त्यहाँको लोकतन्त्रको समर्थनमा अमेरिकाको प्रतिवद्धता जनाए पनि अमेरिका एक निरंकुस अप्रजातान्त्रिक राष्ट्र्रको नामा चिनिदै छ । अमेरिकीहरु भन्छन्, ताइवानसँग अमेरिकी एकता हुनु अति महत्वपूर्ण कुरा हो । तर यो चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लघंन हो ।

अमेरिकाको भनाई छ कि अमेरिकाले ताइवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ। यता नेपालतर्फ अमेरिकाको हस्तक्षेप त्यस्तै हेपाहा प्रकारले बढ्दो छ । अमेरिका सीआईएको नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको नाराबाट चीन टुक्रयाउने र युरोपका इसाई राष्ट्रहरु नेपाललाई इसाईकरण गर्ने रणनीति हो । यी सबै कुकर्महरुको लागि अहिले २०७८ साल असार २९ गते सर्वोच्च अदालतको डाडो आदेशमा शेरबहादुर देउवालाई २८ घन्टाभित्रमा प्रधानमंत्री नियुक्त गर्नु भन्ने आदेशबाट आश्चार्यजनक तरिकाले प्रधानमंत्री नियुक्त भएका छन् ।

यसरी अमेरिकी सीआएले संसदबाट एमसीसी पारित गराउन र नेपाललाई आधार इलाका बनाएर अमेरिकीहरुको उपस्थिति भएर चीन माथि आक्रमण गराएर नेपाललाई रणभूमि बनाउने यस्तो खतरनाक खेल गराउन सक्ने विश्वासी एजेन्टको रुपमा अमेरिकाले शेरबहादुरलाई प्रयोग गरेको छ। तर अहिले अमेरिकाको लागि पनि सजिलो छैन ।

म अमेरिकालाई सुझाव दिन्छु कि अमेरिका संसारमा वदनाम छ । अमेरिकालाई दोस्रो विश्वयुद्धदेखि साज्यवादी राष्ट्र्रको रुपमा चिनिन्छ । चीन संसारमा लोकप्रिय बनेको छ । चीन संसारमा आफ्ना सम्पूर्ण उपकरण, दैनिक उपभोग्य बस्तुहरु लिएर पुगेको छ भने अमेरिका हतियार लिएर बाहिरी संसारमा पुग्दै छ । अमेरिका जहाँ पुग्छ, त्यो राष्ट्र्रको तहसनहस, ध्वस्त बनाएर छाडेको छ । यसरी अमेरिका अत्यन्त वदनाम राष्ट्र्रको रुपमा जानिन्छ । अब अमेरिकाले साम्राज्यवादी स्वरुपलाई बदलेर अमेरिका र अमेरिकी जनताको लागि आफ्ना सम्पूर्ण कार्यक्रम लागु गरेर संसारको लागि नैं एक प्रिय राष्ट्र्रको रुपमा उभियोस् । नत्र अव यही पारा रहिरह्यो भने अमेरिका यो संसारबाट नै अलप हुनसक्छ । लेखक- दिर्घराज प्रसाईं को निजि बिचार हो । उहाँको फेसबुकबाट साभार। साथै उहाँ पूर्व सांसद पनि हुनुहुन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares