Thursday, April 25
Shadow

काठमाडौ क्षेत्र नं ६ को प्राकृतिक उम्मेदवार म नै हो, अन्ततोगत्वा भिमसेन सरको रोजाइ पनि म नै हो


  • -इ
  • इ+

काठमाडौ- सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोके देखि कार्यकर्ता र नेतामा उत्सुकता छाउनु, चुनावमा आफ्नो उम्मेदवारी घोषणा गर्नु र टिकटको लागि प्राकृतिक उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्नु आम प्रक्रिया हो। यसै प्रक्रियामा काठमाडौं क्षेत्र नं ६ मा काठमाडौं जिल्ला सभापति सवुजकृष्ण बानियाँले पनि यस क्षेत्रमा आफ्नो उम्मेदवारी हुने विषयमा कार्यकर्तालाई सतप्रतिशत विश्वास गर्न अनुरोध गरेका छन् ।

ईन्टरभ्यु नेपाल संगको कुराकानीमा सभापति बानियाँले भन्नुभयो, यस भन्दा अगाडि २०७४ को निर्वाचनमा पनि आफुले उच्चतम प्रयासमा टिकट मागेको तर पार्टीले टिकट भीमसेन दास प्रधानलाई दिएपछि आफूले पार्टी नीति अनुसार नेपाली काँग्रेसलाई जिताएको थिएँ।

भीमसेन जी ले २०७४ मा मलाइ भन्नु भएको थियो, २०७९ मा तपाई नै उठ्ने हो, म उठ्ने होइन भनेर पार्टीमा र अन्य ठाउँमा उद्घोष गर्नु भएकोले पनि टिकट मैले नै पाउने हो भन्ने दावी जिल्ला सभापति बानियाँको छ।

यस बारे हामिले यस क्षेत्रका सांसद एवम् कांग्रेस नेता भिमसेन दास प्रधानलाई ०७९ को टिकट तापाइले सबुजकृष्ण जि लाइ नै हो भनेर भन्नुभएको थियो रे भनेर भन्दा प्रधानले भन्नुभयो, राजनीतिलाई राजनैतिक दृष्टिकोणबाट बुझ्नुपर्छ । कुटनिती बाट हुदैन । अहिले लाई यत्ति बुझ्नुस अरु कुरा समयले दिन्छ । अरु कुरा पछि गरुला उहाँले भन्नु भयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares