Sunday, March 17
Shadow

ताइवान विवाद र युक्रेन युद्धमा वाइडेन अपरिपक्क : पोख्रेल


  • -इ
  • इ+
हालको ताइवान विवाद र युक्रेन काण्डमा डोनाल्ड ट्रम्प वा उनको पार्टीे धेरै परिपक्क देखिए ।
१. विदेश मामला (विदेश नीति) को सवालमा डोनाल्ड ट्रम्प वा उनको पार्टी वा सरकार बढी परिपक्क र जिम्मेबार रहेछ, हालको जोन वाईडेन् वा उनको पार्टीे वा सरकार भन्दा।
२. हालको ताइवान विवादमा पनि ट्रम्पले पोलोसीको भ्रमणलाई विकृत दिमागको उपज भनेका छन। युक्रेन काण्डलाई लिएर विश्व अमेरिकातिर हेरेर हासिरहेको छ समेत भनेका थिए।
३. स्मरणीय कुरा के छ भने, जोन बाईडेन्को पार्टी सरकारमा छँदा विश्वका धेरै मुलुकहरूमा आक्रमण गरेको छ, डोनाल्ड ट्रम्पको पार्टीको सरकाले भन्दा ।
४. ट्रम्पले आफू राष्ट्रपति हुँदा घरेलु थुप्रै मुद्दाहरूमा विवादस्पद निर्यण वा राय, विचार, घरणा वा मनसाय राखेर आफूलाई केहीहदसम्म अलोकप्रिय बनाए होलान, त्यो अमेरिकन जनताको मुख्य सरोकारको विषय हो।
५. तर विश्वव्यापी रूपमा उनी वा उनको पार्टीको विश्व कुटनीतिमा बढी जिम्मेबार र परिपक्क नीति अगाल्न खोज्ने देखिन्छ । जुन बाकी विश्वको लागि राम्रो कुरा हो। हामीले हेर्ने वा व्यहोर्ने भनेको यही पछिल्लो ५ न. बुँदा हो ।
६. घरेलु नीतिको प्रतिबिम्ब कुटनीति वा बिदेश नीतिमा देखा पर्ने हुन्छ । घरेलु रूपमा डोनाल्ड ट्रम्प चुनाव हार्दै गर्दा, हालको अर्को पार्टीको सरकार बन्यो, जसको कारण विश्वमा नयाँ नयाँ काण्ड सतहमा आएको देखिन्छ ।
अस्तु ।
ए. पोख्रेल ।
लेखक- वातावरण विषयमा विध्यावारिधी गर्नु भएका अम्बिरस पोख्रेल वातावरण विज्ञ मात्रै होइन उहाँ राजनीति, अन्तर्राष्ट्रिय, साहित्य, संकृतीमा नि उत्तिकै चासो राख्नु हुन्छ ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares