Friday, April 26
Shadow

दरबारको कारण नै गणतन्त्रको स्थापना : गौरी प्रसाद दवाडी


  • -इ
  • इ+

गौरी प्रसाद दवाडी
नेपाल बिश्वले राजतन्त्रात्मक देश भनेर मानचित्रमा अङ्कित देश हाे र थियाे। कसले ल्यायाे गणतन्त्र ! याे जटिल प्रस्नकाे जबाफ सहज छैन । कमजाेर राजा, बिलासी र शत्ताभाेगी महारानी हरुकाे दरबारिया चलखेल शत्ता प्रप्तिका लागिमात्र नभएर भारदार मुख्तियारीहरुसङ्गकाे सहबासका लागि शक्ति सञ्चयका कारणले राणा शासन स्थपित भएकाे ईतिहास लेख्न नेपालका ईतिहासकारकाे हात कामेर हाे या ईतिहास बलियाकाे हतियार भन्ने भनाइ काे कारण हाे याे पठकले छुट्यउने बिषय हाे। सत्यकुरा के हाे भने राणाशासनले नै नेपालकाे राजतन्त्र खाई सकेकाे हाे ।

राणाकाे पतन पछि राणाले राजालाई खाेपामा राखेर राजगरेकाे भनेर लेखिएकाे ईतिहास त कुनै राजशाही वा समर्थकबाट खण्डन भएन ।१०४ बर्ष राणा शासनै चलेकाे हाे पृथ्बीनारायणका शाहका सन्तान खानकी खाएर बसेकाे तथ्यले राजा हटेका भनिएन यसमा राणाहरुकाे डर थियाे ।२००७ सालकाे प्रजातन्त्र बहालीले प्रजातन्त्र बहली गर्न सकेन राजतन्त्र स्थापित गर्याे। रहस्यमय ढङ्ले राजा त्रिभुबन भारतीय दूताबास हुँदै डिल्ली पुग्नु प्रजातन्त्रकाे लागि नभएकाे पुस्ट्याई राणा माेहनहन शमशेर नै प्रधानमन्त्री हुनुले पुस्ट्याउछन।

२००७ काे सम्झाैता राणा र राजा बिचकाे सम्झाैता थियाे नेपाली कांग्रेस साक्षी मात्र हाे भन्न नसक्नु कांग्रेसकाे बाध्यता हाे।राजतन्त्र र प्रजातन्त्र संगै लैजाउ भन्दा विभिन्न षडयन्त्र रचेर बिपि काेइरालाई जेल काेच्ने मृत्युडण्ड समेत तेर्साउने भडुवा पन्च दरबारीयाहरु अहिले बि पि काे गुणगान र बिचार भषणमा जाेडेर जनता भडकाउदै हिडेका छन ।प्रजातन्त्रमा मात्र राजाकाे स्थान रहने छ भनेर बीपीले बारम्बार गरेकाे अनुनय बिनय र चेतावनी राजाहरुले नसुन्नुनै गणतन्त्रकाे हटनुकाे खुडकिला बन्याे ।

राणा र भारत सङ्ग मिलेर प्रजातन्त्र आफ्नै घर हाे भन्ने नठानी कांग्रेस एकल्यउनै गणतन्त्रकाे ढाेका थियाे जाे अन्तिम ढाेका राजा ज्ञानेन्द्रले खाेले । राजाका हन्डी खाएर बसेकाहरु दुलादुला पसे। अहिले यिनै तत्व बिपि कै नाम भजेर राजा कांग्रेसकाे हाे छाेड्याे भनेर राजनीति एजेण्डा बनाएर हिडेका छन । यिनका पछुवाहरु काैवाले कान लग्याे भन्दा पछिपछि लागेकाे भनाई झै पछि लागेका छन लाेकतन्त्रमा मात्र प्रजातन्त्र छ भन्दा हजाराै कांग्रेसले ज्यान गुमाए मृत्युडण्ड समेत स्वीकारी सहिद बने ,हजारौं निर्बासनमा बिदेसिए हजारौंकाे सर्बश्व हरण भयाे । त्यै राजा समर्थक ति पन्चे तिनै अहिले राजाका बकालत गर्नेहरु अहिले फेरि लाेकतन्त्र सिध्याउने षडयन्तमा बिपिकाे नाम जाेडेर राजतन्त्र बकालत गरेर छट्टु स्यालकाे कथा रचदै लाेकतन्त्रकाे खिलाफमा जनता भड्काउने प्रपन्च रचेका छन । स्मरण रहाेस ५० बर्ष काग्रेस आउदैन भन्ने, शेरबहादुर काग्रेसका अन्तिम प्रधानमन्त्री भन्ने, बत्तिबालेर काग्रेस खाेज्नुपर्छ भन्नेकाे हालत । त्यसैले आफ्नो धरातलमा राजनीति नगरी कांग्रेसकाे धरातल जब भत्काउन प्रयत्न गरिन्छ तब देश संकटमा पुग्छ ।

दुषीत नङ्ग्राले बिपिलाई चिथर्नुकाे अर्थ अब रहदैन भत्केकाे दरबार बिपिकाे नामले उठ्दैन जतिबेला समय थियो ,त्याे बेला बिपि तिमिहरुकाे अराष्टिय अहिले महान मन्ने नैतिकता पन्चे प्रबृत्ति र दरबारिया समर्थकलाई छैन।अधिबेसन र संविधान निर्माणमा चुकने कांग्रेसलाई राजाकाे कुरा गरेर मरेका छाेराकाे ठुलठुला आखा भने झै अलापिएर पपुलर हुन जरुरी छैन।। लाेकतन्त्रमा राजाकाे भूमिका गाैंण रहने भएता पनि भूबनाेट र परम्परागत यथार्थता स्वीकारेर राजा र जनताकाे सयुक्त संसदीय अभ्यासले देश अगाडि बडाउने बिपिकाे प्रयत्न मात्र हाे। यथार्थमा लाेकतन्तमा राजा अटाउदैनन् भन्ने बहसमा खराे उत्रन बिपिलाई निकै कठिन पर्थ्याे । राजाका बिबादले कति ब्यक्ति कांग्रेसमा नअटाए पनि बीपीले प्रपास गर्नुभयाे ।

गिरिजा प्रसादकाे पनि चाहना राजा हटाउने थिएन । राजाबाट पाएकाे धाेका दरबरीयाकाे नेपाल कांग्रेस इतरसङ्गकाे सहकार्य आन्दोलित माओबादि सहमतिकाे पाटाे गणतन्त्र रहेका कारण नेपालमा सङ्घीय लाेकतान्तिक गणतन्त्र नेपालकाे संविधान बन्याे । यसकाे प्रमुख कारण कांग्रेसले बारम्बार सबैधानिक राजा र लाेकतन्त्रकाे यात्रा सगै गराै भन्ने नेपाली कांग्रेका आव्हानलाई दरबारले नमानेरनै परिस्थिति जन्य कारणले गणतन्त्र स्थापना भएकाे हाे। शेनाकाे परमाधिपति भएर दरबार जाेगाउन नसक्नेले देश बचाउने लङ्गडाे तर्क गरेर अस्थिरता समेटी राख्नु भन्दा प्राप्त अधिकारको रक्षार्थ संविधानमा ब्यबस्था भएको अधिकारको कार्यान्वयन गर्ने र सुधारका पक्षमा लाग्नु , राजनैतिक नेता र सहयोगीको आचरण सुधार गर्नु अहिलेकाे बिकल्प हाे।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares