Tuesday, March 19
Shadow

‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान


  • -इ
  • इ+

काठमाडौं-  काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्व मन्त्री भीमसेन दास प्रधान चौथो पटक चुनाव लड्ने तयारीमा छन । यस अघि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन । २०७४ सालको आम निर्वाचनमा कांग्रेसले देश भरवाट जम्मा २३ सिट प्रत्यक्ष चुनाव जित्दा प्रधानले पनि जितेका थिए । उनले चुनाव मात्र जितेनन,पार्टीले उनलाई रक्षा मन्त्री समेत बनायो ।

आफ्नो क्षेत्रका जनता संग नियमित प्रत्यक्ष भेटघाट, सुख दु:खका सारथि, सामान्य जीवन शैली र सरल स्वाभावका कारण पनि उनि आफ्नो क्षेत्रमा लोकप्रिय छन् । लामो समय प्राध्यापक रहेका प्रधान प्राज्ञिक क्षेत्रवाट कांग्रेसको राजनितिमा प्रवेश गरेका हुन् । लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रधान सधै अग्रभागमा रहिरहे । प्राध्यापक संघको सभापति समेत भइसकेका प्रधानसंग पेशागत नेतृत्वको समेत अनुभव छ ।

जय नेपाल शब्दलाई पार्टी भित्र मात्र नभई राष्ट्रिय अभिवादनको रुपमा प्रयोग गरिनु पर्ने मान्यता पनि प्रधानको रहेको छ । कांग्रेस भित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका प्रभावशाली नेता समेत रहेका प्रधान अबको निर्वाचनमा पुन आफ्नो उम्मेदवारी दिने तयारीमा छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares