Friday, April 26
Shadow

ब्यानर समाचार

प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दियो, सरकारमा पुगेपछि ठेगान लगाइन्छ :  देउवा

प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दियो, सरकारमा पुगेपछि ठेगान लगाइन्छ : देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिइरहेको आरोप लगाएका छन् । आज ९मंगलबार० सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रि जातीय विभेद उन्मुल दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै देउवाले नेपाल प्रहरीको आचरणविरुद्ध खुलेरै विरोध जनाए । देशभरका जनता कांग्रेस हुनेक्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेस किन भइस, भन्दै प्रश्न गर्ने, पक्राउ गर्ने अनाहकमा हिरासतमा राख्ने क्रम बढेको भन्दै देउवाले प्रहरीको आचरण सुधार गर्न आग्रह गरेका छन् । उनले अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपश्चात ठेगान लगाउने समेत चेतावनी दिए । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठ...
राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी:  मन्त्री ज्ञवाली

राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी: मन्त्री ज्ञवाली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत १० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन् । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुगेको बताए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन् । भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बङ्गलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गर्नु भ...
अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू नभइ पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन लागि परेको आरोप लगाए । ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले शुरूदेखि नै गुटका राजनीति गरेको बताउँदै उनले ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने चेतावनी दिए । नेता नेपालले हिम्मत भए आफूहरूलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौतीसमेत दिए । ‘हिम्मत भए हामीलाई पार्टीबाट निकालेर देखाउनुहोस् । तर ओलीसँग आत्मसमर्पण गर्दैनौँ ।’ उनले भने । ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने व्यक्ति भएको नेता नेपालको दाबी थियो ।...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् एजेण्डा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत १० । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । आज बस्ने बैठक संसद पुनःस्थापना पछिको पाचौँ बैठक हो ।  ...
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, चैत १० । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १९७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहा ४० हजार ६११ जनामा संक्रमण भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख ७९ हजार ५९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार ७१ छ ।...
नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर

नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, चैत १०। नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार दुवै राष्ट्रका राष्ट्राध्यक्षको उपस्थितिमा चार विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा हस्ताक्षरअघि दु...
माधव नेपालसहित चार नेतासँग एमालेले माग्यो स्पष्टीकरण

माधव नेपालसहित चार नेतासँग एमालेले माग्यो स्पष्टीकरण

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं , चैत ९ । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित चार नेतालाई आज पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ । नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि आज पत्र पठाइएको एमाले कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार महासचिव ईश्वर पोखरेलले चारै नेतालाई स्पष्टीकरण सोधी पत्र पठाएका थिए । यही चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको जनाउँदै ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरु चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको उनले बताए ।  ...
राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता, के भयो कुराकानी ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत ९ । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आजै बंगलादेश पुगेकी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री हसिनाबीच राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा।वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा।एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै यहाँका विदेशमन्त्री डा। मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त...
भारतमा कोरोना सङ्क्रमणको जोखिम पुनः बढेपछि सुदूरपश्चिमका सीमामा उच्च सतर्कता

भारतमा कोरोना सङ्क्रमणको जोखिम पुनः बढेपछि सुदूरपश्चिमका सीमामा उच्च सतर्कता

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ९ । छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । “भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ”, महाशाखाका प्...
राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, विभिन्‍न सम्झौता हुने

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, विभिन्‍न सम्झौता हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८: ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीको बिदाइका लागि विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी पुगेका थिए । भण्डारीले विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसर पारेर बंगलादेश गएकी हुन् । नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण हुन ...