Monday, May 6
Shadow

ब्यानर समाचार

सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ९ । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको आइतबार भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० को गठबन्धन सरकार निर्माणका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । प्रधानमन्त्रीका लागि पार्टीले यसअघि नै संसदीय दलका नेतासमेत रहेका देउवाका नाममा सर्वसम्मतिबाट निर्णय लिइसकेको छ । तर देउवाले आफ्नै नेतृत्वको सरकार बनाउन पहल नगरेपछि पौडेल सशंकित बनेका छन् । बोहोराटारस्थित पौडेल निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निरंकुश शासन सत्ताको अभ्यास गरिरहेकाले उनको डिजाइनमा पार्टी फस्न नहुने निष्कर्ष निकालिएको थियो । पौडेल पक्षले सोमबार हुने पार्टी पदाधिकारी र पूर्वप...
सत्ता टिकाउने ओली रणनीतिः सांसदमाथि कारबाहीको आतंक

सत्ता टिकाउने ओली रणनीतिः सांसदमाथि कारबाहीको आतंक

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ९ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्। ओलीले कारबाही त गर्न सक्दैनन् तर कारबाही गर्छु भन्नु नै एक प्रकारको आतंक हो’, स्रोतले भन्यो, ‘यसरी आतंकित पारेर पार्टी कब्जा गर्न खोज्नु सकारात्मक पक्ष होइन।’ पार्टीमा ओलीको कार्यशैली र प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आएका माधवकुमार नेपाल समूहका एक नेताले भने, ‘अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जे पनि गर्न सक्ने वातावरण तयार पारेका छन्। उनले के गर्छन् त्यो कसैलाई थाहा छैन। उनले जे चाहन्छन् त्यो हुनेछ तर त्यसले अन्तिममा कम्युनिस्ट आन्दोलन समाप्त गर्छ।’ ओलीले आफूसँग ...
राष्ट्रपति भण्डारी आज बंगलादेशको राजकीय भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम

राष्ट्रपति भण्डारी आज बंगलादेशको राजकीय भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम

ब्यानर समाचार, समाचार
काठमाडौँ, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी आज दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा भण्डारी भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन् भण्डारी बंगलादेश जान लागेकी हुन । उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने र राजकीय भोजन कार्यक्रम समेत रहेको छ । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मा...
सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ७ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार टिकाइराख्न कुनै पक्षसँग पनि अनुचित सम्झौता नगर्ने बताएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता ज्ञवालीले भने, ुसरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनःस्थापित हुनेछौं । प्रवक्ता ज्ञवालीले फागुन २३ गते नेकपाको वैधानिकताबारे सर्वोच्चले फैसला सुनाएपछि सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिमको भएको बताए । आगामी दिनमा सोहीअनुसार अगाडि बढ्ने कुरा प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेको पनि उल्लेख गरेको ज्ञवालीको भना...
नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत ७ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधव कुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी हित विपरित काम गरेको भन्दै पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे, र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । चारै नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीले बताए ।  ...
थप ७९ जनामा कोरोना पुष्टि, , ८२ जना संक्रमण मुक्त, मृत्यु कति ?

थप ७९ जनामा कोरोना पुष्टि, , ८२ जना संक्रमण मुक्त, मृत्यु कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , चैत ७ । नेपालमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७९ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ७५ हजार ८२९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९९८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ८१५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६३७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ३३ हजार ३४५ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ४७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको ...
कोरोना संक्रमण बढेपछि भारतको मध्य प्रदेशका तीन सहरमा फेरि लकडाउन

कोरोना संक्रमण बढेपछि भारतको मध्य प्रदेशका तीन सहरमा फेरि लकडाउन

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौं, चैत ७ । कोरोना संक्रमण बढेपछि भारतस्थित मध्य प्रदेशका तीन सहरमा लकडाउन लागू गरिएको छ। शुक्रबार मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वास्थ्य अधिकारीहरुसँग छलफल गरेर लकडाउन गर्ने निर्णय गरेका हुन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारदेखि भोपाल, इन्दौर र जबलपुरमा लागू हुनेछ। यी तीन सहरको विद्यालय, कलेज पनि मार्च ३१ सम्म बन्द रहनेछ।‘राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। लकडाउन राति साढे १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। यस समय अतिआवश्यक क्षेत्र भने सञ्चालन गर्न दिइनेछ। यता मुख्यमन्त्री चौहानले कृषकहरूलाई बालीनाली क्षतिको भर्पाइ दिने पनि बताएका छन्।...
सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत ७ । सचिव बढुवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पद(विशिष्ट श्रेणी)का लागि तीन जनाको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठताका आधारमा सहसचिवहरू मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेशप्रसाद पाण्डेको नाम सिफारिस गरेको हो । सिफारिस गरिएका तीन मध्ये एक जनालाई अबको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ । सचिवका लागि सिफारिस गरिएका तीन सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा कार्यरत छन् । यस्तै रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासन महाशाखामा र पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।  ...
एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै , खनाल-नेपाल पक्षले भने बहिष्कार गर्ने

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै , खनाल-नेपाल पक्षले भने बहिष्कार गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौँ, चैत ७ । नेकपा एमालेको आज संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दैछ ।बालुवाटारमा बिहान साढे १० बजे डाकिएको संसदीय दलको बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक पनि शुरू हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा पार्टीभित्रको विवाद तथा प्रतिनिधिसभा बैठक एमाले सांसदहरूले निर्वाह गर्ने भूमिकाको बारेमा छलफल हुने भट्टराईले बताए । बैठकको सूचना सबैलाई पठाइएकाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूह पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए । बैठकमा सहभागी नहुने सदस्यलाई कारबाहीको चेतावनी दिँदै आएका अध्यक्ष ओलीले थप केही कदम चाल्ने हुन कि भन्ने आकलन पनि ब्याप्त छ । आजको बैठकमा सहभागी नहुँदा संस्थापन पक्षले चाल्ने कदमपछि थप रणनीति बनाउने खनाल(नेपाल पक्षको तयारी छ । ओलीले फागुन २८ गते ‘एकलौटी रुपमा’ गरेका निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने खनाल(न...
अग्नि खरेलको राजीनामा , नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

अग्नि खरेलको राजीनामा , नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

ब्यानर समाचार, समाचार
काठमाडौं, चैत ६ । नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ ।प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नेछिन ।बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए । पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो दाहाल नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए ।बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव समेत छन् । अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।  ...