Thursday, April 25
Shadow

सिसडोल तर्फ लागे फोहोरका गाडि


  • -इ
  • इ+

काठमाण्डौँ, चैत्र २०
चैत्र १३ गते देखि सिसडोलवासिले अवरुद्ध गरेको फोहोरको गाडि संचालनमा आएको छ । काठमाण्डौँ महानगरपालिका र सिसडोल प्रभावित बिच भएको छलफल पश्चात फोहोरका गाडि सिसडोल तर्फ लागेको हो ।

शिक्षा, स्वास्थ्य लगाएतको माग सहित प्रभावित नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकालाई ३/३ करोड रकम दिने निर्णय समेत भएको छ ।

प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छ ।

प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ ।

तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्न संघ सरकारसँग अनुरोध गर्ने र सिसडोलकाे पाेस्ट क्लाेजर गर्नेबारे पनि सहमति भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares