Sunday, May 19
Shadow

ब्यानर समाचार

तत्काल विद्यालय बन्द नहुने

तत्काल विद्यालय बन्द नहुने

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौँ, चैत्र ३० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारेको छलफल विना निष्कर्ष टुंगिएको छ। मन्त्रालयले आयोजना गरेको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित हुँदा कुनै निर्णय हुन नसकेको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए। छलफलमा सहभागी अधिकांश सरोकारवालाले भने कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न गरेको आग्रहप्रति आपत्ति जनाएका थिए। छलफलमा सहभागीले प्याब्सन तथा एनप्याब्सन लगायत सरोकालवाला निकायका प्रतिनिधिले विद्यालय बन्द गर्न नहुने धारणा राखेका हुन्। ‘अधिकांशको शैक्षिक संस्था बन्द गर्न हुँदैन भन्ने धारणा आयो,’ सचिव थपलियाले भने, ‘स्वास्थ मापदण्ड कडाइका साथ पालना गरी शैक्षिक संस्था चलाउनुपर्ने विषयमा एकमत रहेको छ।’ मन्त्री अनुपस्थित रहेकाले कुनै निर्णय भने गर्न नसकिएको उनको भनाइ छ।...
नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाण्डौँ, चैत्र ३० नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ । उक्त बसपार्कबाट ह...
माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु  : ओली

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २१ प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने घोषणा गरेका छन्। बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन्। ओलीले भने, ‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न।’...
कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २१ भारतमा पहिलो लहरको तुलनामा दोस्रो लहर तीन गुना तेज रहेको पाइएको छ। शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा त्यहाँ ८८ हजार नौ सय ८८ जना संक्रमित भेटिएका छन्। अघिल्लो दिनको तुलनामा त्यो संख्या १० हजार बढी हो। सेप्टेम्बर २०२० पछि त्यहाँ एकैदिन उक्त संख्यामा कोरोना संक्रमित बढी भेटिएका हुन्। दोस्रो लहरमा मृत्यु हुनेको संख्या भने निकै कम रहेको छ।...
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने  कांग्रेसको निर्णय

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डिला संग्राैलाले बताइन्। प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसले निर्णय गरेको अर्का केन्द्रीय सदस्य प्रदीप पाैडेलले बताए। उनका अनुसार नयाँ सरकार गठनका लागि अग्रसरता लिने पनि बैठकले निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यालाय सानेपामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागी छन्।...
सिसडोल तर्फ लागे फोहोरका गाडि

सिसडोल तर्फ लागे फोहोरका गाडि

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, चैत्र २० चैत्र १३ गते देखि सिसडोलवासिले अवरुद्ध गरेको फोहोरको गाडि संचालनमा आएको छ । काठमाण्डौँ महानगरपालिका र सिसडोल प्रभावित बिच भएको छलफल पश्चात फोहोरका गाडि सिसडोल तर्फ लागेको हो । शिक्षा, स्वास्थ्य लगाएतको माग सहित प्रभावित नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकालाई ३/३ करोड रकम दिने निर्णय समेत भएको छ । प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छ । प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ । स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समसामयिक राजनीतिक विषय र आगामी १४ औं महाधिवेशको विषयमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।...
सिसडोलवासिको आन्दोलनमा कांग्रेस नेता महत र केसिको पनि समर्थन (भिडियो सहित)

सिसडोलवासिको आन्दोलनमा कांग्रेस नेता महत र केसिको पनि समर्थन (भिडियो सहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, चैत्र १८ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोटको सिसडोलमा काठमाण्डौँको फोहोर विसर्जन गर्दै आएको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा चैत्र १३ शुक्रबार देखि त्यहाँका स्थानिय आफूहरु संग भएको सम्झौँता कार्यान्वयन नभएको भन्दै आन्दोलन गरिरहेका छन् । सो आन्दोलनलाई समर्थन गर्न नेपाली कांग्रेसका नेताहरु पनि त्यहाँ पुगेका छन् । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महत, नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसि, नेपाली कांग्रेसका युवा नेता रमेश कुमार महतले सिसडोलवासिको आन्दोलनलाई समर्थन जनाएका छन् । भएका सम्झौँता कार्यान्वयन नहुनु र्दुभाग्य हो, त्यसका विरुद्ध आवाज उठाउनुस् : डा. महत सरकार र प्रभावित क्षेत्र बिच भएका सम्झौँता अझै पनि कार्यान्वयन नहुन...
साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, चैत्र १७ प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो । ‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो ।...
सिसडोल समस्या समाधानको अन्तिम विकल्प सहमति नै हो : प्रवक्ता डंगोल

सिसडोल समस्या समाधानको अन्तिम विकल्प सहमति नै हो : प्रवक्ता डंगोल

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, चैत्र १७ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोटको सिसडोलमा काठमाण्डौँको फोहोर विसर्जन गर्दै आएको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा शुक्रबार देखि त्यहाँका स्थानिय आफूहरु संग भएको सम्झौँता कार्यान्वयन नभएको भन्दैआन्दोलन गरिरहेका छन् । तर काठमाण्डौँ महानगरपालिका भने सहमति बाटै उक्त समस्या समाधान हुने बताउदैँ आएको छ । काठमाण्डौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले १६ वर्ष देखि सहमतिबाटै काम हुदैँ आएकोले यस पटक पनि सहमतिबाटै समस्या समाधान गरिने ईन्टरभ्यु नेपाललाई उनले बताए । हामि संगको कुराकानीमा उनले भने, ५१ जना शिक्षक दरबन्दीको माग नयाँ भएको बताए । एकै पटक त्यति धेरै शिक्षक दरबन्दी उपलब्द गराउन नसके पनि आउँने आर्थिक वर्षहरुमा त्यसलाई पुरा गर्दै जाने उनले बताए । उनले भने, महानगरले सम्झौँताह...