माओबादी केन्द्रले सहिदको सपना साकार पार्छ :- मौलाना मशहूद
- अजय मिश्र
कपिलवस्तु, भाद्र ३०
कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ।
नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेल्कुद मन्त्री महेश्वर जंग गहतराज (अथक), विशिष्ट माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रूद्र लाल बन्जाडे, अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु प्रसाद बेल्बासे, नेकपा माओबादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव हजरत अली लगायत रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अथकले मधेस...









