Thursday, January 23
Shadow

कामनपा -१६ को वडा अध्यक्ष को निधन


  • -इ
  • इ+

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले जानकारी दिए ।

रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उहाँको पार्थिव शरीर लाई १२:३० सम्म राष्ट्रिय सभागृह मा राखिने जानकारी धर्मराज अर्यालले जानकारी दिनुभएको छ ।

धादिङको खनियाँबासमा जन्मिएका रिजाल हाल काठमाडौं-१६, बालाजुमा बसोबास रहेको छ । रिजालको श्रीमती र २ छोराहरू रहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares