Thursday, January 23
Shadow

देशमा अराजकता र बेथिति बढ्यो , काङ्ग्रेसको सरकार बनाउन ढिलो गर्न हुन्न – शेखर कोइराला


  • -इ
  • इ+

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेस नेतृत्वको सरकार बनाउन ढिला गर्न नहुने बताएका छन् ।
शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले देशका लागि कॅाग्रेसको नेतृत्व जरुरी भैसकेको बताए । अहिले कांग्रेससरकारमा हुँदा पनि जनताको कुनै काम गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए ।

प्रधानमन्त्रीले आदिवासी जनजाति दिवसका अवसरमा आयोजित कार्यक्रममा जातीय राज्यको कुरा गरेर अराजकता निम्त्याउन खोजेको आरोप लगाए । काठमाण्डुका मेयर बालेन्द्र साहले पनिसिंहदरबार जलाउने अभिव्यक्ति दिएर अराजकता प्रदर्शन गरेको टिप्पणी गरे ।

अराजकता रोक्न र काङ्ग्रेस विरोधी भ्रम चिर्न कांग्रेसनेतृत्वको सरकार बनाउनुपर्नेमा उनले जोड दिए । वर्तमान प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्र सरकार बन्न नसक्ने र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने अहिले देशमा फैलिएको भन्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिकअराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उनको भनाइ छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares