Wednesday, January 15
Shadow

सरकार आफैं ढल्छ, हामिले ढाल्नु पर्दैन – ईश्वर पोख्रेल


  • -इ
  • इ+

काठमाडौ – नुवाकोटको बिदुरमा आफ्नो कर्याकर्ता भेल्कमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार स्टण्ड देखाएर आफ्नो आयु लम्ब्याउने खेलमा लागेको छ ।

दुई दिने जिल्लास्तरीय प्रशिक्षणका क्रममा नुवाकोटको विदुर पुगेका उपाध्यक्ष पोखरेलले यस प्रकारको अभिव्यक्ति दिएका हुन । उपाध्यक्ष पोखरेलले जनताको पक्षमा काम गर्न नसकेपछि अनेक किसिमका स्टण्ट गर्न सफल गठबन्धन सरकार जनसरोकारका काम गर्न असफल भएको समेत दावी गरे।

उपाध्यक्ष पोखरेलले भने,’देशभित्र युवा तथा शिक्षित वर्ग सबैतिर निराशाको बादल मात्रै मडारिरहेको छ, युवाहरू आत्तिरहेका छन्,सरकारले कुनै योजना बनाउन सकेको छ। देशको स्वाधिनतासमेत संकटमा परेको बताउँदै देशलाई सफल बनाउने दायित्व एमालेको काँधमा आएको बताए। सरकारमा आयु लम्बाउने कुण्ठामात्रै रहेको र अनेक स्टण्ट खडा गरेर तर्साउने काम मात्रै गरिरहेको उनको आरोप छ।

उपाध्यक्ष पोखरेलले भ्रष्टाचारसम्बन्धी प्रकरणमा खुल्ला रुपमा छानबिन गरेर दोषीमाथि कानुनी कारबाही गरिनुपर्ने माग गरे। उनले देशको निकासका लागि एमाले मुलविन्दुमा रहेको बताउँदै नेता पोखरेलले एमालेलाई सरकारमा जान कुनै हतार नभएको समेत बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares