Sunday, April 28
Shadow

बाल अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड


  • -इ
  • इ+

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बाल दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गरी प्रधानमन्त्रीले नेपालको संविधान, बालबालिकासम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न–गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले तीनै तहका सरकारले बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। ‘बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरकार र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गर्दछु’ उनको शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्रीले बाल यौन दुर्व्यवहार, बालबालिका विरुद्धको हिंसा, बाल विवाह, बाल श्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्य नहुने घर परिवार, समुदाय, समाज र राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व र कर्तव्य भएको बताएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares