Monday, June 1
Shadow

ब्यानर समाचार 2

प्रधानाध्यापक छविलाल तिवारीलाई आयोगको स्पष्टीकरण

प्रधानाध्यापक छविलाल तिवारीलाई आयोगको स्पष्टीकरण

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो । फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ । ...
जनताका समस्या समाधान पहिलो प्राथमिकता होः नेता पौडेल

जनताका समस्या समाधान पहिलो प्राथमिकता होः नेता पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताउनुभयो । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।” उहाँले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो । लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो । “लोकतन्त्र सङ्कटमा परेको बेला ...
नेपाली कम्युनिष्ट आन्दोलन संकटमा:राम कार्की ‘पार्थ’

नेपाली कम्युनिष्ट आन्दोलन संकटमा:राम कार्की ‘पार्थ’

ब्यानर समाचार 2, विचार, सम्पादकीय
सपनाहरू सधैं वास्तविकता भन्दा अगाडि हुन्छन् नेपाली कम्युनिष्ट आन्दोलन अहिले अत्यन्तै कठिन र गहिरो संकटमा छ र सम्भवतः विगतमा यस्तो जटिल र गहिरो संकटको सामना गर्नु परेको थिएन । यसको अर्थ नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो ६० वर्षभन्दा लामो इतिहासमा कठिनाइको सामना गर्नुपरेको छैन भन्ने होइन । ती कठिनाइहरू र आजको सहज देखिने तर गहिरो संकटबीचको मूल भिन्नता भनेको त्यो आन्दोलनले आफ्ना कार्यकर्ताहरूको सपना देखेको थियो। ती सपनाहरूबाट स्वाभाविक रूपमा बगेको साहस, उत्साह, प्रेरणा र ज्ञानले कठिनाइहरू पार गर्न आवश्यक ऊर्जा प्रदान गर्‍यो। केही अर्थमा, विश्वव्यापी कम्युनिष्ट आन्दोलन आफैंमा अभूतपूर्व समस्याहरूको सामना गरिरहेको छ। तर नेपाली कम्युनिष्ट आन्दोलनमा पाइने कठिनाइहरु धेरै हिसाबले विश्व कम्युनिष्ट आन्दोलन भन्दा फरक छन् । नेपाल यस्तो देश हो जहाँ वयस्क जनसङ्ख्याको ठूलो हिस्साले आफूलाई कम्युनिस्ट आन्दोलन...
महालक्ष्मी विकास बैंक :  लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंक : लकर सुविधामा आकर्षक योजना

ब्यानर समाचार 2
महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् । दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको बैंकले जनाएको छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेकाछन् ।...
तरुणदलले खटायो केन्द्रीय प्रतिनिधि

तरुणदलले खटायो केन्द्रीय प्रतिनिधि

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ । तरुण दलले कांग्रेसलगायत गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि सबै सङ्घीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील बनाउने निर्णयानुसार केन्द्रीय प्रतिनिधि खटाएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिनुभयो । साथै सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूलाई आफूलाई खटाइएको निर्वाचन क्षेत्रमा तत्काल गई तोकिएको कार्य सुरु गर्न र निर्वाचन सम्पन्नपछि कार्यविवरण प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ । ...
कांग्रेसको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकमा प्रवक्ता महत मनोनित

कांग्रेसको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकमा प्रवक्ता महत मनोनित

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ मा सदस्य मनोनित गरेको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत संयोजकत्वमा गठित समितिमा आज पार्टीका केन्द्रीय सदस्य, भ्रातृ तथा शुेभच्छुक संस्थाका पदाधिकारीलगायतलाई मनोनित गर्नुभएको हो । ...
कांग्रेसका उम्मेदवार भुसालद्धरा उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

कांग्रेसका उम्मेदवार भुसालद्धरा उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

निर्वाचन विशेष, ब्यानर समाचार 2
गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराउनुभएको छ । सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस गुल्मी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिनुभएको हो । गुल्मीको क्षेत्र नं सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । यहाँ एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । झाँक्रीविरुद्ध उम्मेदवारी दिनुभएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताउनुभयो । उहाँले पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाँक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि बताउनुभयो । उम्मेदवारी निष्क्रिय भएको घोषणा...
कांग्रेस उपसभापति खड्का चुनावी अभियानमा

कांग्रेस उपसभापति खड्का चुनावी अभियानमा

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आगामी मङ्सिर ४ गते हुने चुनावका सन्दर्भमा चुनावी अभियानका लागि आज गृहजिल्ला सुर्खेत आइपुग्नुभएको छ । खड्का सुर्खेत क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । चुनावी अभियानका लागि आज काठमाडौँदेखि सुर्खेत आइपुग्नुभएका खड्का क्षेत्र नं १ का नागरिकसँग भेटघाटमा व्यस्त रहनुभएको छ । गुर्भाकोट नगरपालिकास्थित सिटीहलमा आजै आयोजित कार्यक्रमलाई नागरिकका लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अधिनायकवादी प्रवृत्तिका विरूद्ध सङ्घर्ष गर्नका लागि पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पु¥याउन मतदातासँग अपिल गर्नुभएको छ । खड्काले प्रदेश र केन्द्र सरकार वाम–लोकतान्त्रिक गठबन्धनको बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनालाई अवसरमा बदल्न सकिने बताउनुभयो । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले जिल्लामा आफूहरूले...
स्थानीय तह निर्वाचन : दलहरू घोषणापत्र तयार गर्दै

स्थानीय तह निर्वाचन : दलहरू घोषणापत्र तयार गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणपत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ । दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणपत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस कञ्चनपुरका नेता ईश्वरी जोशीले घोषणापत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कार्यान्वयन गर्न सक्ने योजनालाई घोषणापत्रमा समावेश गरिन लागेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, रोजगारका विषय समेट्नका लागि विज्ञहरूसँग छलफल गरेर घोषणपत्र तयार हुँदैछ”, उहाँले भन्नुभयो, “हाम्रो प्रुमख ऐज...
कुनै पनि  दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह

कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह

निर्वाचन विशेष, ब्यानर समाचार 2
जवाफदेहीता निगरानी समितिले आगामी मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईं द्वारा आज जारी विज्ञप्तिमार्फत भ्रष्टाचारी तथा आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई भोट नहाल्न आग्रह गरेको छ । “हरेक पाँच वर्षमा एकपटक प्राप्त यस अवसरलाई विवेकको प्रयोग गरी भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई निरुत्साहित गर्नुपर्छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वच्छ छवि भएका योग्य, इमान्दार तथा न्याय र मानव अधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई जनप्रतिनिधि चुन्न निगरानी समिति आम मतदातालाई आग्रह गर्दछ ।” समितिले स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वा...