Monday, June 1
Shadow

ब्यानर समाचार 2

गाउँगाउँमा रोजगारी र आम्दानीको अवसर : रामचन्द्र पौडेल

गाउँगाउँमा रोजगारी र आम्दानीको अवसर : रामचन्द्र पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले व्यास नगरपालिका–९ मा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले देशको भविष्य कोर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । जनताले परिवर्तनको अनुभूति हुने गरी काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेता पौडेलले राष्ट्रलाई सही बाटो देखाउन र सही दिशामा लैजान आफू राजनीतिमा सक्रिय रहेको बताउनुभयो । गाउँमा रोजगारी र आम्दानीको अवसर गाउँगाउँमा दिलाउन आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सडक, बिजुली, पानी, सञ्चार र पूर्वाधार निर्माणमा लाग्यौँ, हामीले गाउँगाउँमा बाटो पु¥याऔँ, स्कुल पु¥याऔँ तर गाउँ रित्तिदै गएकाले रित्तिनेक्रम रोक्नुपर्छ, अहिलेसम्म गाउँबाट विचलित भएको मनलाई म गाउँमै सेवा र सुविधा पु¥याएर बसौँबसौँ बनाउन लाग्नेछु ।” देशमा सुशासन ...
आम निर्वाचन देशको भविष्य बनाउने अवसर – अध्यक्ष ओली

आम निर्वाचन देशको भविष्य बनाउने अवसर – अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उहाँले बताउनुभयो । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गर्नुभयो । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । ...
५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

ब्यानर समाचार 2
नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन । सिन्धुपाल्चोक नजिकै रहेको सीमा क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ।...

यस वर्षको भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?

ब्यानर समाचार 2
सोमबार बसेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरूका लागि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ।
भाइटीकाको साइत : कात्तिक १० गते बिहान ११ : ३७ बजे

भाइटीकाको साइत : कात्तिक १० गते बिहान ११ : ३७ बजे

ब्यानर समाचार 2
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहा...
सिङ्गुसले टोकेर मृत्यु

सिङ्गुसले टोकेर मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो । शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते हुनुभएका सुवेदीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१ तालघरे नजिक सिमलको रुखमा रहेको सिङ्गुसले राजमार्ग भएर हिँड्ने सर्वसाधारण र मोटरसाइकलमा सवारलाई टोकेको उहाँले बताउनुभयो । सिङ्गुसले टोकेर घाइते भएकाहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त राजमार्ग भएर हिँड्डुल गर्ने सर्वसाधारण र चालकलाई सचेत भएरमात्रै हिँड्डुल गर्न प्रहरीले अनुरोध गरेको छ । ...

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

ब्यानर समाचार 2
काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ ।  
ट्र्याक्टर दुर्घटनामा परी चारजनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा परी चारजनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए । ...
काट्ने बेलाको धान गैँडाले नष्ट गरिदिएपछि किसान चिन्तामा

काट्ने बेलाको धान गैँडाले नष्ट गरिदिएपछि किसान चिन्तामा

ब्यानर समाचार 2
 चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो बर्ष के खाने भन्ने चिन्ता थपिएको बताउनुभयो । उहाँले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पु¥याएको बताउनुभयो । उहाँले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको जानकारी दिनुभयो । भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैँडा र हात्तीसँगै बँदेल र चित्तलले पनि दुःख दिइरहेको बोटले बताउनुभयो । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क...