Sunday, March 19
Shadow

ब्यानर समाचार 2

नेपालका अर्थ विदहरुले दुर्गा प्रसाईको मागलाई किन खण्डन गर्न सकेका छैनन् ? – डा. अम्बिरस पोख्रेल

नेपालका अर्थ विदहरुले दुर्गा प्रसाईको मागलाई किन खण्डन गर्न सकेका छैनन् ? – डा. अम्बिरस पोख्रेल

ब्यानर समाचार, ब्यानर समाचार 2
वातावरण विज्ञ डा. अम्बिरस पोख्रेल नेपालको राजनीति , अर्थनीतिमा निक्कै चासो दिदै आउनुभएको छ । यसैबीच नेपालको पछिल्लो राजनीतिले नेपालको अर्थतन्त्रमा गम्भीर क्षति पुगेपछि उहाको बुधाँगत धारणा यस्तो रहेको छ । १. नेपालका बैंकहरुले नेपाली जनता माथि गर्दै आएको अन्यायका बारेमा दुर्गा प्रसाईले केही बिशेष मुद्दाहरु सार्वजनिक रूपमा राष्ट्रीय महा अभियानको रूपमा उठान गरेका छन् । उनको अभियान विशेष रूपमा अर्थ ब्यवस्था सम्बन्धी देखिन्छ । कृषि क्रान्ति वा उत्पादन मुलक औद्योगिक क्रान्ति उनको एजेण्डा रहेको देखिन्छ । २. घोर आश्चर्यको कुरा उनको कुरा वा मागहरु गलत हो भनेर अहिलेसम्म नेपालको कुनै पनि अर्थविद् हूँ भन्नेले आज महिनौ दिनहरू बित्दा समेत सत्य तथ्य सहित खण्डन वा समर्थन गर्न सकेको देखिएन किन होला ? अझ कसैले त आफूलाई वा आफ्नो पार्टीको फलानोलाई एसियाकै विद्वान अर्थविद् भनेर स्वोघोषना वा घोषणा गरेका थि...
बोधि मार्ग दर्शन मैत्री धर्म संघले तीनदिन महामैत्री दिवस मनाउने

बोधि मार्ग दर्शन मैत्री धर्म संघले तीनदिन महामैत्री दिवस मनाउने

ब्यानर समाचार, ब्यानर समाचार 2
  काठमाडौं । बोधि मार्ग दर्शन मैत्री धर्म संघले १८ औं महामैत्री दिवस एवं विश्वशान्ति महामैत्री पूजा चैत्र ८, ९ र १० गते गर्ने भएको छ । संघले देशैभरका जिल्लाहरुमा प्राथनासहित पूजाआजा गरी मैत्री दिवस मनाउन लागेको जानकारी दिइएको छ । यस अबसरमा सर्वजगतको कल्याण, सहअस्तित्व, सहजीवन र शान्तिको लागि कामना गरिने बोधि श्रवण धर्म सङ्घ नेपालका अध्यक्ष निलबहादुर थिङ्ले जानकारी दिनुभयो । हरेक वर्ष तीन दिन बिहान ६:०० बजेदेखि साँझ ५:०० बजेसम्म यस किसिमिको धार्मिक अनुष्ठान गरी मैत्री दिवस मनाउने गरेको जनाइएको छ । यो महान धार्मिक अनुष्ठानमा सहभागी हुन संघले सबैलाई अनुरोध पनि गरेको छ ।। ...
गृहमन्त्रालयमा एकीकृत समाजवादीको दाबी

गृहमन्त्रालयमा एकीकृत समाजवादीको दाबी

ब्यानर समाचार, ब्यानर समाचार 2
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन् । उनले यही चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे सत्ता गठबन्धनभित्र छलफल हुन बाँकी छ । दलहरूले आन्तरिक तयारी भने गरिरहेका छन् । सत्ता गठबन्धनमा आबद्ध चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले गृहसहित तीन मन्त्रालयमा दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका एक नेता आफूहरूले रोजेको मन्त्रालय पाउनुपर्ने बताउँछन् । माओवादीले प्रधानमन्त्री पायो, कांग्रेसले राष्ट्रपति पायो । जसपाले उपराष्ट्रपति पाउने पक्का भएको छ । गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले हामीले रोजेको तीन मन्त्रालय पाउनुपर्छ । ती नेताले भने, “महत्त्वपूर्ण मन्त्रालय गृह, अर्थ वा भौतिक पूर्वाधार तथा यातायातमध्ये हामीले रोजेको...
भारतबाट खरिद गरिने पेट्रोलियम पदार्थको मुल्य घटेर आयो

भारतबाट खरिद गरिने पेट्रोलियम पदार्थको मुल्य घटेर आयो

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलिय पदार्थको मूल्य घटाएर सूची पठाएको छ । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।   सोही सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्ने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । जसअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको छ । पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको रहेका बेला भारतमा घटेर आएको हो । खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।  ...
नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ सार्वजनिक

नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ सार्वजनिक

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
काठमाडौं, फागुन २९ गते । नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरुक कवि नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ आइतवार एक विशेष कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रममा अर्थविद रत्नसंसार श्रेष्ठ, जलश्रोतविद पूर्वमन्त्री दीपक ज्ञवाली, अर्थविद तथा प्रर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी , उर्जाविज्ञ तथा नेता लीलामणि पोख्रेल, ऊर्जा,जलस्रोत तथा सिंचाईं मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत दर्जनौं ऊर्जा अभियन्ता तथा विशेषज्ञहरूको सहभागिता थियो । लोकार्पित पुस्तकका बारेमा अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक तथा नेपाली विषयका शिक्षक एवं युट्युबमा बहुचर्चित ‘नेपाली व्याकरण गीत’ का सर्जक विमल घिमिरेले बोल्नुभएको थियो । कृतिमा विविध विषयमा केन्द्रित ७३ वटा रचना समेटिएका छन् । २०७५ देखि २०७९ फागुनसम्म लेखिएका समसामयिक कविता तथ...
स्ववियु चुनावमा नेबिसंघ र अनेरास्ववियु क्रान्तिकारीको भागबन्डा

स्ववियु चुनावमा नेबिसंघ र अनेरास्ववियु क्रान्तिकारीको भागबन्डा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौं । काँग्रेस निकट बिद्यार्थी संगठन नेबिसंघले १५ स्थानमा अखिल क्रान्तिकारीले १० र अनेरास्ववियूले ३ क्याम्पसको सभापति उठाउने सहमति भएपनि नेबिसंघले आफूले भाग पाएको वा नपाएको कलेजमा आफ्ना बागी उम्मेद्वार उठाएको छ । नेविसंघको भागमाः त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पद्मकन्या, शंकरदेव, पब्लिक युथ, नेपाल कमर्श क्याम्पस, मीनभवन, महाराजगञ्ज चिकित्सा क्याम्पस, पशुपति, पाटन, आयुर्वेद क्याम्पस, जनप्रशासन, ग्रामीण आदर्श, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी, शिक्षा क्याम्पस, विश्वभाषा क्याम्पसलगायत परेका छन् । अनेरास्ववियु क्रान्तिकारीको भागमाः नेपाल ल, सरस्वती, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठीमी, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसलगायत परेका छन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको भागमाः रत्न राज्यलक्ष्मी, महेन्द्र रत्न ता...
उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने

उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि बिहीबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले अब आफूहरूको ध्यान सरकार विस्तारमा लाग्ने बताएका हुन्। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। ‘राष्ट्रपतिको निर्वाचन भएसँगै स्थानीय तहदेखि शुरू भएको निर्वाचन प्रक्रिया मूलतः सम्पन्न भएको छ, एउटा राजनीतिक कोर्स पूरा भएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुनेछ,’ प्रचण्डले भने, ‘उपराष्ट्रपतिको निर्वाचनपछि सरकारलाई पूर्णता दिन्छौं।’ नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि अहिले प्रचण्ड सरकारमा माओवादी र जनमत पार्टी मात्र छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत १३ अगावै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।...
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए । २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुबै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे । कांग्रेस उम्मेदवार पौडेललाई सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसहित ८ दलको साथ छ । उनी आवद्ध नेपाली कांग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्...
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि  उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ। नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन्।...
पशुपतिनाथमा दर्शनार्थीको घुइँचो , विशेष पुजाको लागि शुल्क

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो , विशेष पुजाको लागि शुल्क

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, ६ फागुन । पशुपतिनाथको बिशेष पुजा गर्ने रकममा बढोत्तरी गरिएको छ । पशुपति बिकासक्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो । गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ । ‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिनेृ रु ५,१००/- र रु ११,०००/- को बिशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजकि सुचनामा भनिएको छ । बिशेष प्रकृतिको पुजा लागि शुल्क लिदाँ ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नस...