Saturday, April 20
Shadow

यसो गर्दा बढ्छ स्मरणशक्ति


  • -इ
  • इ+

काठमाडौ,मंसिर २२
सम्झनाशक्ति सबै मानिसमा समान हुँदैन। तर, केहीमा रोगका कारण पनि ह्रास आइरहेको पाइएको छ। स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ। स्मरणशक्ति बढाउने केही उपाय—

नियमित रूपमा याेगाभ्यास, व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउँछ।

निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । दिमागलाई सधैँ चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।

बदाम, ओखर, हरियो सागपात, ग्रीन टी आदिको नियमित सेवनले स्मरणशक्ति बढ्छ।

दिमागलाई कसरत हुने खेल–बाघचाल, चेस, लुडो आदि खेल्दा दिमाग तेजिलो बनाउन सहयोग पुग्छ।

दैनिक नयाँ कुराको खोजी गर्नुस् । जसले दिमागलाई सधैँ सक्रिय राख्छ  र स्मरणशक्ति क्षीण हुनबाट बचाउँछ।

सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने वस्तुसँग जोड्ने गर्नाले पनि बिर्सने समस्याबाट राहत पाउन सकिन्छ।

घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने गर्नाले ती सामान हराउनबाट जोगाउन सकिन्छ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares