Tuesday, April 23
Shadow

दाँतमा आउने समस्याको घरमै उपचार, हेर्नुहोस यस्ता छन् उपाय


  • -इ
  • इ+

काठमाडौ,मंसिर २३
दाँतले खाना चपाउने मात्र होइन अनुहारको सुन्दरता सहित ब्यक्तित्वमा समेत महत्व राख्दछ । दाँत सडे, खाल्डो परे घरेलु विधि अपनाएर यस समस्याबाट मुक्त हुन सकिन्छ ।

१. दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङ प्रभावकारी मानिन्छ । यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन । यसकालागी एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी दाँतमा लगाएमा दाँतलाई आराम दिलाउँछ ।

२. नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्दछ । साथै कुनैसंक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ । यसकालागी एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ ।३. एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ । लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबाट समेत राहत दिलाउँछ । यसकालागि ३/४ पोटी लसुनलाई पिसेर एक चौथाई सिधे नुनमा मिसाएर लेप बनाइ संक्रमित दाँतमा लगाएर १० मिनेट राखेमा क्याभिटीको समस्या निकै कम हुन्छ ।४. जेठी मधुमा रहेको एन्टी व्याक्टेरियल तत्वले दाँतमा क्याभिटीको विकास हुन दिदैन । साथै, दाँतमा काई लाग्न नदिएर दाँतलाई स्वस्थ राख्दछ । जेठी मधुको जरालाई धुलो बनाएर मञ्जनको रुपमा दाँतमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, मुलेठीको डाढलाई टुथब्रशको रुपमा पनि दाँतमा प्रयोग गरे राम्रो लाभ मिल्दछ ।५. बेसारले क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्दछ । बेसारको धुलोलाई प्रभावित दाँतमा लगाएर केही बेर राखेर मनतातो पानीले कुल्ला गरे क्याभिटी हुदैन ।६. निमको पात पनि क्याभिटी हटाउन र गिजा स्वस्थ तथा मजबुत राख्न सहायता गर्दछ । दाँत तथा गिजामा नीमको रसले मज्जाले दलेर केही समयपछि मनतातो पानीले कुल्ला गरेमा राम्रो लाभ दिन्छ ।

७. अमलामा रहेको एन्टीअक्सिडेन्ट तत्व तथा भिटामिन सीले व्याक्टेरिया तथा रोगको संक्रमणसित लड्न मद्दत गर्छ । अमलाई सिंगै वा आधा गिलास पानीमा आधा चम्चा अमलाको रस मिसाएर पनि यसको सेवन नियमित गरे चाँडै राहत मिल्दछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares