Saturday, April 20
Shadow

खेलकुद

मार्सेलीलाई पराजित गर्दै पीएसजीले जित्यो सुपर कपको उपाधि

मार्सेलीलाई पराजित गर्दै पीएसजीले जित्यो सुपर कपको उपाधि

खेलकुद
काठमाडौं , माघ १ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २–१ ले पराजित गर्दै पीएसजीले उपाधि जित्न सफल भएको हो । पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक–एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए । खेलको ३९औँ मिनेटमा इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा नेयमारमा पेनाल्टीमा गोल गर्दा पीएसजी २–० ले अघि रह्यो । खेलको ८९औँ मिनेटमा पायटले एक गोल फर्काए पनि पीएसजी २–१ ले विजयी भयो । यससँगै पीएसजीले १०औँ पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको हो । माउरिसियो पोचेटिनोको पहिलो उपाधि हो ।...
इङ्ग्लिस प्रिमियर लिग :  म्यानचेस्टर युनाइटेड तालिकाको शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड तालिकाको शीर्ष स्थानमा

खेलकुद
काठमाडौं, पुस २९ । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा बर्नलेमाथि १–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पाहुनाटोली युनाइटेडलाई बर्नलेले पहिलो हाफमा भने बराबरीमा रोकेको थियो । तर, ७१ औं मिनेटमा पौल पौग्बाले गोल गरेपछि युनाइटेड स्पष्ट तीन अङ्क लिन सफल भयो । नतिजासँगै शीर्ष स्थानमा रहेको युनाइटेडको ३६ अङ्क छ भने लिभरपुलको ३३ अङ्क रहेको छ । दुवै टिमले १७–१७ म्याच खेलेका छन् । यस्तै राति नै भएको अर्को खेलमा जित हात पार्दै एभर्टन तालिकाको चौथो स्थानमा पुगेको छ । एभर्टनले २–१ गोल अन्तरले लेस्टर सिटीलाई पराजित गर्दै तीन अङ्क जोडेको थियो । यसैगरी रेलिगेशन जोनमा रहेको सेफिल्ड युनाइटेडले जारी सिजनमा पहिलो जित हात पारेको छ । सेफिल्डले न्यू क्यासल युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो...
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

खेलकुद
काठमाडौं, पुस २८ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । यस वर्षदेखि महिलाका लागि २१ किमी ९हाफ म्याराथन० पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाली खेलकूदमा महिला खेल...
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने

खेलकुद
काठमाण्डौ , पुस २४ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता माघ २ गतेदेखि गर्ने जनाएको हो । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेल त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच त्रिवि मैदानमा प्रतिस्पर्धा हुने छ ।...
स्पेनिस ला लिगा : मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा : मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

खेलकुद
  काठमाडौं, पुस २३ । कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सले गोल गर्दै विल्वाओलाई अग्रता दिलाए । १४औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-१ को अग्रता बनायो । ६२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३(१ को अग्रता बनायो । ९०औं मिनेटमा इकर मुनिएनले विल्वाओका लागि दोस्रो गोल गरे तर हार टार्न पर्याप्त भएन । यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको...
प्रोत्साहन भत्ताको मागलगायत खेलकुद मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र

प्रोत्साहन भत्ताको मागलगायत खेलकुद मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र

खेलकुद, मुख्य समाचार
  काठमाडौँ, पुस २२ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङ समक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीएल)ले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार मन्त्रालयमै एनएनआईपीएले मन्त्री तामाङसमक्ष खेलाडीको प्रोत्साहन भत्तादेखि अभ्यास सुरुका लागि पहल गर्न माग राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । एनएनआईपीएले ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको र हाल रोकिएको प्रोत्साहन भत्ता कार्यविधिमा कटौती नहुने गरि उपलब्ध गराउन माग गरेको छ । यस्तै, सागका रजत तथा कास्य पदक विजेता खेलाडीका लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गर्न एनएनआईपीएले माग गरेको छ । गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पहल गर्न समेत माग गरेको छ ।...
अस्ट्रेलियाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा

अस्ट्रेलियाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा

खेलकुद
काठमाडौँ पुस २२ । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट खेलका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ । तेस्रो टेस्टमा भारतीय टिममा रोहित शर्मा र नवदीप सैनीलाई समावेश गरिएको छ । रोहितले यस अघि दुई खेल खेलेका मयंक अग्रवाललाई रिप्लेस गरेका छन् । रोहितले विहिबार बिहानदेखि शुरु हुने तेस्रो टेस्टमा शुभमन गीलसँग ओपनिंग गर्ने छन् । रोहित सन २०१९ को नोभेम्बरपछि पहिलो पल्ट टेस्ट क्रिकेट खेल्न लागेका हुन् । त्यस्तै भारतका लागि युवा तिब्रगतिका बलर नवदीप सैनीले टेस्ट क्रिकेटमा डेभ्यु गर्ने भएका छन् । तिब्रगतिका बलर उमेश यादव र मोहमद सामी घाइते भएपछि सैनीले टेस्ट खेल्ने अवसर पाएका हुन् । अस्ट्रेलियाविरुद्ध खेल्ने भारतीय टिम स् आजिख्य रहाने (कप्तान), रोहित शर्मा (उपकप्तान), शुभमन गील, चैतेश्वोर पुजारा, हनुमा विहारी, ऋषव पन्त, रविन्द्र जडेजा, आर आश्विन, जसप्रित बुमराह, नवदीप सैनी र मोहमद सिराज ...
२९९ औँ पृथ्वीजयन्तीको अवसरमा देविघाटमा फुटबल प्रतियोगिता देखि कविता वाचन सम्म

२९९ औँ पृथ्वीजयन्तीको अवसरमा देविघाटमा फुटबल प्रतियोगिता देखि कविता वाचन सम्म

खेलकुद, जिवनसैली, मनोरञ्जन, समाचार, समाज, साहित्य/कला, स्थानिय तह
काठमाण्डौँ, पुष २२ २९९ औँ पृथ्वीजयन्तीको अवसरमा नुवाकोटको विदुर नगरपालिका वडा नं ५ देविघाटमा फुटबल प्रतियोगिता, कविता वाचन र साँस्कृतिक कार्यक्रम हुने भएको छ । पुष २७ गते पृथ्वीजयन्तीको अवसरमा पृथ्वीस्मारक संरक्षण समितिको आयोजनाका उक्त कार्यक्रम हुनलागेको हो । पुष २२ गते (आज) बसेको समितिको बैठकले ४५ वर्षभन्दा माथिकालाई लक्षित गर्दै फुटबल प्रतियोगिता, खुल्ला कविता वाचन र साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । ...
सन्दीप लामिछाने परे पाकिस्तान सुपर लिगको ड्राफ्टमा

सन्दीप लामिछाने परे पाकिस्तान सुपर लिगको ड्राफ्टमा

खेलकुद
  काठमाडौँ , पुस २२। नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (रु दुई करोड ५५ लाख) तोकिएको छ । पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जि...
२५ दिनपछि कोरोना संक्रमणमुक्त भए  पूर्वकप्तान पारस खड्का

२५ दिनपछि कोरोना संक्रमणमुक्त भए पूर्वकप्तान पारस खड्का

खेलकुद, मुख्य समाचार
काठमाडौं, पुस२० । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्।आफूलाई कोरोना निको भएको जानकारी दिँदै कप्तान खड्काले आफ्नो उपचारमा संलग्न डाक्टर र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। गएको मंसिर २६ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। ‘२५ दिनपछि अन्ततः कोभिड नेगेटिभ देखिएको छ।’ फेसबुकमार्फत् स्टाटस लेख्दै उनले भने। यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसन्त रेग्मी र सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको थियो। उनीहरू पनि अहिले संक्रमणमुक्त भइसकेका छन्।...