Wednesday, May 8
Shadow

२५ दिनपछि कोरोना संक्रमणमुक्त भए पूर्वकप्तान पारस खड्का


  • -इ
  • इ+

काठमाडौं, पुस२० । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्।आफूलाई कोरोना निको भएको जानकारी दिँदै कप्तान खड्काले आफ्नो उपचारमा संलग्न डाक्टर र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

गएको मंसिर २६ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। ‘२५ दिनपछि अन्ततः कोभिड नेगेटिभ देखिएको छ।’ फेसबुकमार्फत् स्टाटस लेख्दै उनले भने।

यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसन्त रेग्मी र सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको थियो। उनीहरू पनि अहिले संक्रमणमुक्त भइसकेका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares