Saturday, April 27
Shadow

स्पेनिस ला लिगा : मेस्सीको दुई गोलमा बार्सिलोनाको जित


  • -इ
  • इ+

 


काठमाडौं, पुस २३ । कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सले गोल गर्दै विल्वाओलाई अग्रता दिलाए । १४औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-१ को अग्रता बनायो । ६२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३(१ को अग्रता बनायो ।

९०औं मिनेटमा इकर मुनिएनले विल्वाओका लागि दोस्रो गोल गरे तर हार टार्न पर्याप्त भएन । यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ । पराजित बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares