Wednesday, April 24
Shadow

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने


  • -इ
  • इ+

काठमाण्डौ , पुस २४ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता माघ २ गतेदेखि गर्ने जनाएको हो ।

माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेल त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच त्रिवि मैदानमा प्रतिस्पर्धा हुने छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares