Thursday, April 25
Shadow

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड तालिकाको शीर्ष स्थानमा


  • -इ
  • इ+

काठमाडौं, पुस २९ । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा बर्नलेमाथि १–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

पाहुनाटोली युनाइटेडलाई बर्नलेले पहिलो हाफमा भने बराबरीमा रोकेको थियो । तर, ७१ औं मिनेटमा पौल पौग्बाले गोल गरेपछि युनाइटेड स्पष्ट तीन अङ्क लिन सफल भयो ।

नतिजासँगै शीर्ष स्थानमा रहेको युनाइटेडको ३६ अङ्क छ भने लिभरपुलको ३३ अङ्क रहेको छ । दुवै टिमले १७–१७ म्याच खेलेका छन् ।

यस्तै राति नै भएको अर्को खेलमा जित हात पार्दै एभर्टन तालिकाको चौथो स्थानमा पुगेको छ । एभर्टनले २–१ गोल अन्तरले लेस्टर सिटीलाई पराजित गर्दै तीन अङ्क जोडेको थियो ।

यसैगरी रेलिगेशन जोनमा रहेको सेफिल्ड युनाइटेडले जारी सिजनमा पहिलो जित हात पारेको छ । सेफिल्डले न्यू क्यासल युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक तीन अङ्क लिन सफल भयो ।

तालिकाको पुछारमा रहेको सेफिल्डको ५ अङ्क भएको छ । अरु दुई अङ्क भने बराबरीबाट लिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares