Thursday, March 28
Shadow

मार्सेलीलाई पराजित गर्दै पीएसजीले जित्यो सुपर कपको उपाधि


  • -इ
  • इ+

काठमाडौं , माघ १ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २–१ ले पराजित गर्दै पीएसजीले उपाधि जित्न सफल भएको हो । पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक–एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए ।

खेलको ३९औँ मिनेटमा इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा नेयमारमा पेनाल्टीमा गोल गर्दा पीएसजी २–० ले अघि रह्यो । खेलको ८९औँ मिनेटमा पायटले एक गोल फर्काए पनि पीएसजी २–१ ले विजयी भयो ।

यससँगै पीएसजीले १०औँ पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको हो । माउरिसियो पोचेटिनोको पहिलो उपाधि हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares