Thursday, March 28
Shadow

काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य


  • -इ
  • इ+


ललित संज्याल/काठमाण्डौँ, मंसिर ३०
काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य भएका छन् । काठमाण्डौमा आन्दोलित किसानले आन्दोलन लाइ पनु शुरु गरेका छन् । जब सम्म किसानहरुको माग पुरा हुदैन तब सम्म उखु मिल सन्चालमा न आउने अडान लिएका किसानहरुले २०७१ साल देखिको पैसा नपाएको गुनासो गर्दै आएका छन् ।

गत बर्ष मंसिरमा सरकार र उखु किसान बिच ५ बुदे सम्झौता भएको १ बर्ष पुग्नै लाग्दा पनि किसानहरुको कुनै माग कार्यान्वयन र सुनुवाई नभएको हुनाले किसानहरु पुन काठमाण्डौको माईति घर मण्डलामा आन्दोलन गर्न बाध्य भएका छन । सर्लाहि देखि आएका उखु किसानको माग पुरा गरेरै घर जाने अठोट गरेका छन ।

बिगत १ बर्ष देखिको रकम पाउन बाँकि रहेका किसानहरु भन्छन, मिहिनेत गरेको एक पैसा पनि न छोड्ने बताएका छन । सरकारले यसरी पैसा नदिदा घर ब्यवहार चलाउन निकै कठिन भएको छ ।

बाल बच्चाको पढाई खर्च टार्न धेरै मुस्कील हुदै आएको छ । बाँच्नुको आधार यहि एउटा उखु खेति थियो, त्यसमा पनि सरकारले यसरी हेलचेक्र्याइ गरी दियो भन्दै निरास भएका किसानहरु भन्दछन, हामि कुनै रहरले आन्दोलन गर्न चाहेका होईनौ, हामि किसानहरुको माग सरकारले जति छिटो पुरा गरिदियो त्यति छिटो हामि खुसि हुदै घर फर्किन्थौ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares